पोखरामा लायन्स राष्ट्रिय महाधिवेशन

पोखरा, ३१ चैत्र/लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ बी १ को प्रथम राष्ट्रिय महाधिवेशनले फस्ट भाईस डिष्टिक्ट गर्भनर युक्तप्रसाद श्रेष्ठ डिष्टिक्ट गर्भरनरमा चयन गर्दै पोखरामा सकिएको छ । त्यसै गरी फष्ट डिस्टिक्ट गर्भनरमा भुगोल सेरचन र सेकेण्ड भाईस डिष्टिक गर्भनरमा धुव्रबहादुर थापा निर्वारोध निर्वाचित भएका छन् । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ बी वानमा नेपालमा हाल १ सय १४ वटा क्लब छन भने जसमा ३ हजार २ सय जना सदस्य रहेको क्लवले जनाएको छ । लायन्स क्लब अफ पोखरा गण्डकीको आतिथ्यतामा पोखरामा सन्चालीत महाधिवेशनको राष्ट्रिय महाधिवेशनको उद्घाटन लायन्स अन्तराष्ट्रिय पुर्व निर्देशक विष्णु बजौरीयाले गरेका थिए । महाधिवेसनको उद्घाटन सत्र अघि पोखराको मानव अधिकारचोकबाट बिभिन्न जनजातिको झांँकी सहितको र्यालीले नगर परीक्रमा गरी पोखरा सभागृह हलमा पुगेर उद्घाटन सत्रमा परिणत भएको थियो । अधिवेसको र्यालीमा सहभागि झाँकी मध्ये ब्रह््रमकुमारी ईश्वरीय विश्वबिद्यालय नयाँ बजार पोखरा उत्कृष्ट भएको छ ।

कमेन्टहरु
Loading...