लायन्स बिन्दवासीनीद्धारा वृद्धाश्रममा सहयोग

साउन २४,पोखरा/लायन्स क्लब अफ पोखरा बिन्दवासीनी चौतारीले आफ्नो सामाजीक कार्यलाई निरन्तरता दिँदै पोखरा १८ वाच्छीवुडुवा मा रहेको वात्सयायान वृद्धाश्रममा फलफुल तथा खाधान्न वितरण गरेको छ । उक्त कार्यक्रमका लायन्स ३२५ बि १ नेपालका डिस्ट्रिक गर्भनर युक्तप्रसाद श्रेष्ठले वात्सयायान वृद्धाश्रमका अध्यक्ष गोकर्ण कार्कीलाई फलफुल,खाधान्न लगायतका साम्रगी वितरण गर्नुभएको थियो ।
सो कार्यक्रममा जोन चियर पर्शन लायन परमेश्वर बरालले आफुहरुको बार्षिक कार्यक्रम भित्र वृद्धाश्रममा सहयोग गर्ने रहेको र आगामी दिनमा पनि सो कार्यको निरन्तरता रहने प्रतिवद्धता जनाउनुभयो । क्लबका अध्यक्ष लायन शिव बरालको सभापतीत्वमा सम्पन्न सो कार्यक्रमको सञ्चालन क्लबका सचिव लायन रामजी पौडेलले गर्नुभएको थियो भने सो कार्यक्रमको संयोजन लायन ल्क्षमण बाँनियाले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...