लुम्बिनी अञ्चलाका ६ जिल्लामा ४८ प्रतिशत मत खस्यो, कुन जिल्लामा कति सहित

पोखरा, १४ असार /दोस्रो चरणमा स्थानीय तहको निर्वाचन हुने प्रदेश नम्बर ५ अन्तर्गत लुम्बिनी अञ्चलका ६ जिल्लामा दिऊसो ३ बजे सम्म ४८ प्रतिशत मत खसेको छ ।

लुम्बिनी अञ्चलका ६ जिल्लाको कुल ९१० मतदान स्थलमा ४८ प्रतिशत मत खसेको क्षेत्रिय प्रहरी कार्यालयले जानकारी दिएको छ ।

कुल १४ लाख २ हजार ५ सय ७१ मतदाता रहेको लुम्बिनीका अहिले सम्म ६ लाख ६६ हजार मत खसेको छ । ६१ स्थानीय तहमा १३ हजार २४२ उम्मेदवार प्रतिश्पर्धामा छन् । पश्चिम क्षेत्र अन्तर्गत प्रदेश नम्बर ५ को लुम्बिनी अञ्चलका ६ जिल्लामा १ उपमहानगरपालिका, २१ नगरपालिका र ३९ गाउँपालिका छन् ।

रुपन्देही  २१०४१९ (४५.८८५
नवलपरासी  १५२८२३ (५३.३३५
कपिलवस्तू  १०४०११ (५६.८३५
अर्घाखाँची  ६१८९२ (४८.८७५
गुल्मी  ७८६०० (४३.७२५
पाल्पा  ५९०१५ (३६.३७५
जम्मा मत खसेको संख्या ६६६७६० र प्रतीशतमा ४७.७३५ मत खसीसकेको छ ।

कमेन्टहरु
Loading...