लाइसेन्सको अवधि १० वर्ष बनाउने, पुरानाको के हुन्छ ?

काठमाडौं, १४ माघ /यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को समयावधि ५ वर्षबाट १० वर्ष बनाउने तयारी थालेको छ ।

लाइसेन्सको समयावधि ५ वर्ष मात्रै हुँदा नागरिकले दुःख पाएकोले संघीय यातायात ऐनको मस्यौदामा १० वर्षको प्रस्ताव गरिएको हो ।

ऐन पारित भएपछि बन्ने लाइसेन्सको अवधि १० वर्ष हुने भए पनि जारी भइसकेका लाइसेन्सको हकमा भने नविकरण गरेपछि आउने लाइसेन्समात्र १० वर्ष समय हुने उनले बताए ।

कमेन्टहरु
Loading...