आमा हराए पछि विचल्लीमा बाघको बच्चा (डम्मरु) (फोटो फिचर सहित)

पोखरा, २६ माघ/आमा संगै बजार गएको सानो बच्चा बजारमै हरायो भने बच्चा र आमालाई कस्तो होला त्यो परनेलाई मात्र थाहा हुन्छ । हो यस्तै अवस्थामा पोखराको रानी वन स्थित रेन्जपोष्टमा आमाको यादमा दिन कटाइरहेको छ चितुवाको बच्चा । पोखराको मियाँपाटनमा करिव ४ हप्ता अघी फेला परेको चितुवाको करिव दुइ महिने बच्चा अहिले रेन्जपोष्टका कर्मचारी अभिभावक बनेका छन् ।

पोखरा भेटिएको बाघको बच्चा डम्मरु
पोखरा भेटिएको बाघको बच्चा डम्मरु

बच्चाको स्यारसुसार र खानपानको प्रवन्ध मिलाईरहेका छन् बनका कर्मचारीहरुले । उनिहरुले बच्चाको नाम पनि राखिदिएका छन् राजकुमार । आहाराको खोजीमा बच्चा संगै सहर पस्ने चितुवा फर्कदा बच्चा सहरमै छुट्ने अवस्था हुदा र सहर पस्दा सहरमै बच्चा जन्माउदा पनि बच्चा अलपत्र परेको हुन सक्ने जिल्ला बन कार्यालय कास्कीका सहायक बन अधिकृत माधव प्रसाद बराल बताउछन् । कुनै बेला त जंगलवाटै बच्चा उठाएर ल्याउदा समेत समस्या पर्ने गरेको बताउछन् ।

यस्ता जंगली जनावरको संरक्षण गर्नकालागि बच्चा देखेपछि यस्ता बच्चहरुलाई नचलाई दिने र जहाको तही रहन दिने हो भने बेलुका माउ आएर सुरक्षीत ठाउँमा लग्ने गर्दछ । बच्चालाई चलाई दिदा समस्या आएको हो बरालले भने । बन्य जन्तुको संरक्षणमा सबै ध्यान दिन र पर्यवरणीय सन्तुलन कायम गर्न सबै एक जुट भएर अघि बढ्नु पर्छ बरालले बताए ।

पोखरामा भेटिएको बाघको बच्चा अथत डमर
पोखरामा भेटिएको बाघको बच्चा अथत डमर

leopard cub photo story (4) leopard cub photo story (5) leopard cub photo story (6)

कमेन्टहरु
Loading...