दशौं लेखनाथ महोत्सवमा एकै दिन पचास हजार दर्शक तिन करोडको कारोबार,

रेष्टुरेण्टलाई भ्याई नभ्याई
मिस किराँतको उपाधि पेमा सुनुवारलाई
लेखनाथ÷पौष ०२

दशौं लेखनाथ महोत्सवको छैटौ दिन आज पचास हजार दर्शकले अवलोकन गरेका छन् । यसैगरी महोत्सवमा आज मात्रै तीन करोड रुपैयाको कारोबार भएको प्रचार प्रसार उपसमितिकका संयोजक भतकुमार अधिकारीले जानकारी दिएका छन् । उनले महोत्सवमा राखिएका तीन सय भन्दा वढी स्टलको कुल कारोबार तीन करोड भएको स्पष्ट पार्दै, अटोको स्टलबाट हुण्डाईको एउटा गाडी विक्री भएको जानकारी दिए ।

lekhanath festivalयस्तै दर्शकको अत्याधिक चापका कारण रेष्टुरेण्टमा वढी कारोबार भएको छ । सार्वजनिक विदाको दिन परेकाले दर्शकहरुको उलेख्यीय उपस्थितिले आज कुनै पनि स्टलवालाले गुनासो नगरेको उपसमितिका संयोजक अधिकारीले जानककारी दिए । उनले भने— “हरेक स्टलमा दर्शकहरुको चाप उत्तिकै थियो, कारोवार नहुने त प्रश्न नै उठ्दैन, सवै स्टलवालाहरु खुशी छन् ।”

महोत्सवमा दर्शकहरुको अधिक चाप हुँदा आयोजकहरुलाई व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो । किरातहरुको पर्व उभौलीको सार्वजनिक विदा र मिस किराँतका प्रतियोगितहरु समेत लेखनाथ महोत्सवको स्टेजमा अन्तिम प्रतिस्पर्धाका लागि उत्रिदा दर्शकहरुको चाप वढेको हो । पूर्वका किराँतीहरुलाई पश्चिमाञ्चलको फरक साँस्कृतिक र परिवेशनमा आयोजकहरुले उतारेर वहुल संस्कृतीलाई समेत संरक्षण दिएको उनिहरुले वताए ।

प्रतियोगितामा मिस किराँतको उपाधि पेमा सुनुवारले पहिरिएकी छन् । यस्तै फस्ट रनर अप वन्न सफल भएकी छन् अनुरा राई, सेकेन्ड रनरअपको उपाधि अनिता लिम्वुले जितेकी छन् । यसैगरी मिस किरात टयालेन्टमा वन्दना राईृ, फोटो जेनिकमा विन्दु राई, वेस्ट फर्सनालिटीको उपाधि पेमा सुनारले जितेकी छन् ।

फ्रेड्ससिपमा नर्मदा राई, वेष्ट डिसिपिलेनमा रिस्ता राई र एसएमएस भोटिडमा जुना राई तथा वेष्ट डे«सको उपाधि विन्दु राईले जित्न सफल भएकी छन् । यसअघिका विभिन्न चरण सम्पन्न गरेर मिस किराँतको अन्तिम प्रतिस्पर्धीलाई लेखनाथ महोत्वमा उतारिएको हो । यस्तै मंगलबार चर्चित पप गायक धिरज राई र आधुनिक विधाकी उत्कृष्ट गायक अन्जु पन्त समेत स्टेजमा उत्रिएका कारण दर्शकहरुको उल्लेख्यीय उपस्थिति रहेको हो । हाँस्य कलाकारमा मेरी वाँस्सैका शिवहरी पौडेल मुखमा हान्ने जस्तो र उनकी जेठी वुढी एवं राता मकै किरण के.सी समेत स्टेजमा उत्रिएका थिए ।

यस्तै लोक गायन तर्फ वद्री पगेनी, पुरुषोत्तम न्यौपाने लगायतका चर्चित कलाकारले स्टेज तताउँदा दर्शकहरुले उनिहरुलाई साथ दिएका थिए । यसैगरी वुधबार पनि हाँस्यकलाकार मनोज गजुरेल, लोक गायन तर्फ पशुपति शर्मा र मञ्ज महत, प्रजापति पराजुली, जिवन दाहाल, चोलेन्द्र पौडेल लगायतका कलाकारहरुले आफ्नो सांगितिक प्रस्तुती राख्नेछन् । वुधवार नै अन्जु पन्त र जनगायक जिवन शर्मा समेत स्टेजमा देखिने छन् ।

यसैगरी महोत्सवको अर्को चर्चित कार्यक्रम गण्डकी तारा गायन प्रतियोगितामा वुधबार ५ जना वाहिरिएका छन् । उर्तादा दर्शकहरुले चाखपूर्ण समर्थन गरेका थिए । यसपटक महोत्सवमा न्यानो लत्ताकपडाको कारोबार राम्रो भएको छ । चिसो मौसमको शुरुवातसँगै महोसत्सव संचालन भएकाले ग्रामिण क्षेत्रका वासिन्दाले समेत घरायसी लत्ताकपडाको खरिद गर्ने गरेका छन् ।

काठमाण्डौं देखी लेखनाथ महोत्सवमा स्टल राख्न आएका सिद्धबाबा इन्टर प्राइजेजका विष्णु पाण्डेले दर्शकहरुले व्याङकेट र सिरकमा रुची राख्ने गरेको बताए । उनले सरदरमा दैनिक एक लाख रुपैयासम्मको कारोबार हुने गरेको वताए । पाण्डेले भने—“जाडो मौसम भएकाले पनि होला, न्याना कपडाहरुको कारोबार सोचेभन्दा राम्रो भएको छ ।” यस्तै लेखनाथकै रिसर्च फेन्सीका शिवप्रसाद भण्डारीले पनि दर्शकहरुले ज्याकेट, टोपी लगायतका न्यायो कपडाको व्यापार राम्रो रहेको वताए । भण्डारीले पनि दैनिक ५० हजार भन्दा माथिको कारोबार भएको जानकारी दिए ।

महोत्सवमा कृषिजन्य उत्पादन पनि दर्शकहरुको रोजाईमा परेका छन् । दैनिक घरायसी प्रयोजनका ताजा तरकारीको व्यापार समेत राम्रो भएको छ । यस्तै कृषकहरुले विउ विजन र कृषि उत्पादनको वृद्धिका बारेमा परामर्श लिने गरेको जनप्रिय कृषि सामाग्री विक्री भण्डारका प्रोपाइटर कृष्ण प्रसाद तिवारीले जानकारी दिए । उनले सिजन अनुसारको खेती आलु, काउली, वन्दा लगायतमा लाग्ने रोग, उत्पादन वृद्धिका उपायका विषयमा समेत कृषकहरुले परामर्श लिने गरेको समेत तिवारीले जानकारी दिए ।

कमेन्टहरु
Loading...