लेखनाथ उद्योग वाणिज्य संघमा उम्मेदवार मनोनयनमा विवाद

पोखरा, १२ भदौ/लेखनाथ उद्योग बाणिज्य संघको नयाँ कार्यसमितिको आसन्न निर्वाचनमा अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदका लागि वर्तमान कार्यसमितिका महासचिव बाबुराम गिरी र लालकृष्ण भट्टराई एल के शर्मा काबिच चुनावी प्रतिस्पर्धा हुने भएको छ । संघको निर्वाचन उपसमितिले उम्मेदवार मनोनयनका लागि मंगलबारको समय सिमा तोकेको थियो ।
अध्यक्ष पदका प्रत्यासी गिरीले पहिलो नम्वरमा उम्मेदवारी दर्ता गराएका छन् । गिरी पछि शर्माले आफ्नो उम्मेदवारी दर्ता गराएको आजको समाधान दैनिकमा खबर छ । उम्मेदवारी दर्ता गर्ने क्रममा विवाद हुँदा सदस्य पदका उम्मेदवार एवं वर्तमान कार्यसमितिका सदस्य सुरजजंग राणाले निर्वाचन उपसमितिको निर्णय पुस्तिका च्यातिदिएका थिए । राणाले निर्वाचन आयुक्त खगराज आचार्यले क्रमशः उम्मेदवारी दर्ता नगराएर विच विचमा खाली ठाउँ छोडेको भन्दै निणर्य पुस्तीका च्यातेका थिए । त्यस पछि केही बेर तनाव भएको थियो ।
सदस्यहरुमा पहिलो नम्वरमा दयाराम तिवारीले मनोनयन दर्ता गराएका छन् । उनि पछि क्रमशः भरतकुमार अधिकारी, विनोद श्रेष्ठ, कृष्णमणि भण्डारी, वलराम ढकाल, देवराज पन्थी, लक्ष्मी प्रसाद त्रिपाठी, ऋषिराम जमरकट्टेल, पुरुषोत्तम राज भण्डारीले उम्मेदवारी मनोनयन गरेका छन् । यसैगरी सदस्यमा जगत बराल, गीता देवी सुवेदी, इन्जिनियर बसन्त मोहन शर्मा, रामजी पौडेल, भारतीय सेनाका भूपू मेजर रामप्रसाद गुरुङ्ग, हरिप्रसाद लामिछाने, भुवनप्रसाद श्रेष्ठ, दिपेन्द्रज्योति ढुंगाना, शरदराज सुवेदी, छत्रधर आत्रेय, दामोदरभक्त थापा, रमेश प्रसाद आचार्य र सुरजजंग राणाले समेत संघको कार्यसमिति पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
संघको महिला सदस्यको एक पदका लागि चार जनाको उम्मेदवारी परेको छ । महिला सदस्यमा प्रभा पौडेल, राधा सापकोटा, मेनुका श्रेष्ठ र विमला कुमारी थापाले मनोनयन दर्ता गरेका छन् । संघको संस्थागत तर्फ होटल एशोसियशन लेखनाथका दुर्गा प्रसाद अधिकारी र वेगनासताल बस संचालक समितिका कृष्णप्रसाद ढुगांनाले उम्मेदवारी दिएका छन् । संस्थाग तर्फ होटल एशोसियशन लेखनाथ, वेगनासताल वस संचालक समिति, गण्डकी धौलागीरी पेट्रोलियम डिलर्स एशिोसियशन र शहकारी मञ्च लेखनाथ गरी चार मत रहेका छन् ।
यस्तै एशोसियटतर्फ प्रशान्तराज धमलाको मात्र उम्मेदवारी परेको छ । उनी निर्विरोध भएका छन् । एशोसियट तर्फ २६ मत रहेका छन् । सोमबार सदस्य पदका लागि फाराम खरिद गरेका मध्ये भरत न्यौपाने र एशोसियटका अर्जुन पराजुलीले उम्मेदवारी दर्ता गराएनन् ।
अध्यक्ष एक, कार्यसमितिका सदस्य १०, महिला एक, एशोसियट एक र संस्थागत एक गरी १४ पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ । संघको निर्वाचन यसपटक वढी पेचिलो देखिएको छ । वर्तमान कार्यसमिति सहित चुनावी प्रतिस्पर्धामा उत्रिएका गीरीले आफ्नो जित सुनिश्चित भएको बताएका छन् भने निवर्तमान अध्यक्ष वावुराम जमरकट्टेल सहित केही पूर्व पदाधिकारीहरुसहित मैदानमा उत्रिएका एल के शर्माले पनि आफु अगाडी रहेको वताउँदै आएका छन् ।

कमेन्टहरु
Loading...