लामाचौरमा हरितालिका तीज महोत्सवको लागि महोत्सवस्थल सरसफाइ

पोखरा, १५ भदौ/नवआदर्श सामुदायिक विकास समाज, लामाचौरको आयोजनामा भदौ २१ देखि सुरु हुुने हरितालिका तीज महोत्सव–२०७० तथा राष्ट्रिय महिला भलिबल प्रतियोगिताको लागि शनिबार महोत्सवस्थल सरसफाइ गरिएको छ । संस्थाको १७ औ वार्षिकोत्सवको अवसरमा अघिल्ला वर्षझैं यस वर्ष पनि लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी उच्च मावि परिसरमा भदौ २१ देखि २३ गतेसम्म महोत्सव हुन लागेको हो ।
सरसफाइ कार्यक्रममा सशस्त्र प्रहरी बल कालिकागण, जिल्ला प्रहरी कार्यालय कास्की तथा संस्थाका पदाधिकारी तथा सदस्य एवं स्थानीयको सक्रिय सहभागिता रहेको संस्थाका अध्यक्ष बुद्धिबहादुर खत्री क्षेत्रीले जानकारी दिए । सरसफाइमा कालिकागणबाट ३० जना, जिप्रकाबाट २५ जना जनपथ प्रहरीले सहयोग गरेका थिए ।
कैलाश विकास बैंक लिमिटेडले मुख्य प्रायोजनमा हुने सो तीज महोत्सव तथा राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई भव्य तथा सभ्यरुपमा सम्पन्न गर्न स्थानीय आमा समूहहरुको सम्पन्न भेलाले सक्दो सहयोग गर्ने निर्णय गरेको छ । भेलामा लामाचौर र यस आसपासका स्थानीय सिर्जना आमा समूह, महिला कल्याण समाज, शिवालय तमु, लालीगुराँस मगर, महिला बहुउद्देश्यीय विकास समाज, भक्तिपथ एकता, जागृती, विन्ध्यवेश्वरी, कोपिला, महिला विकास संस्था, अमरदीप, मनकामना, गायत्री, अक्कला आमा समूहको सहभागिता थियो ।

कमेन्टहरु
Loading...