लोकतन्त्रको शुभकामना

स्वतन्त्र पत्रकार संघ कास्की र नागरिक समाज पोखरा ७ को आयोजनामा लोकतन्त्र दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम तथा गोरखापत्र बाजे स्मरण कार्यक्रम ग¥यो । कार्यक्रममा व्यक्ताहरुले लोकतन्त्र सस्थागत हुन नसकेको तर्फ दुख व्यक्त गरेका छन् । जनआन्दोलन २०६२÷६३ को उपलब्धि रक्षा गर्न राजनीतिक दलका नेताहरु चुकेको बताएका थिए ।

अधिंबक्ता तिलक पराजुलीले राजनीतिक दलहरुको अक्षमताकै कारणले लोकतन्त्र धरासायी बन्दै गएको बताए । उनले जनलहरको भावनालाई राजनीतिक दलहरुले स्थायित्व दिन नसकेको बताएका थिए । उनले सविधान सभाको चुनाव भएपछि जनचाहाना बमोजिमको संविधान बन्न नसक्नु दुखद रहेको बताए ।

स्वतन्त्र पत्रकार महासंघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले लोकतन्त्रलाई सस्थागत गर्न एकजुट हुनुपर्ने बताएका थिए । उनले लोकतन्त्र स्थापना गर्न स्वगीय गोरखापत्र बाजेको भुमिका महत्वपूर्ण रहेको बताएका थिए । लोकतन्त्र स्थापनको आन्दोलनमा गोरखापत्र बाजेको योगदान अतुलनीय रहेको चर्चा गरेका थिए ।

कमेन्टहरु
Loading...