लेखनाथमा गृहलक्ष्मी टोल सरसफाइ

पोखरा, असोज २२ गते /बडा दसैं र तिहारको अवसरमा कास्कीको लेखनाथ नगरपालिका–१३, तल्लो
गगनगौंडाको गृहलक्ष्मी टोलमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।सोही
अवसरमा दसैं र तिहारको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।
स्थानीय ओम थापाको नेतृत्वमा भएको कार्यक्रममा गृहलक्ष्मी टोलको
सरसफाइसँगै सडकका छेउमा रहेका विजुलीका पोलहरुमा नयाँ बत्तीसमेत जडान
गरिएको थियो । सरसफाइमा स्थानीयबासीको सहभागिता रहेको थियो भने
गृहलक्ष्मी ग्यास प्रा.लि.ले विशेष सहयोग गरेको नेतृत्वकर्ता थापाले
बताउनुभयो । कार्यक्रममा विष्णु बस्नेत, तुलबहादुर थापा, आशिष थापा,
नवराज क्षेत्रीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कमेन्टहरु
Loading...