ला ग्राण्डी कलेज पोखरामा तालाबन्दी

गिता राना मगर
पोखरा १० असोज/ पोखरा ८ सिमलचौरमा रहेको ला ग्राण्डी इन्टरनेश्नल कलेजमा विद्यार्थीहरुले अनिश्चितकालिन तालाबन्दी गरेका छन् । कलेजमा अध्ययनरत विद्यार्थीहरुले राख्दै आएका माग प्रशासनले बेवास्था गरेको भन्दै बुधवारदेखि क्याम्पसमा अनिस्चितकालिन तालाबन्दी गरेका हुन् ।

प्रशासनले आफुखुसी प्राध्यापको नियुतिm गर्न नपाइने, प्रत्येक सेमेस्टरमा उल्लेख भएअनुसार फिल्ड भिजिट सेमिनार जस्ता कार्यक्रमहरुको आयोजना गुर्न पर्ने, दक्ष र अनुभवि प्रध्यापकको ब्यवस्था गर्नुपर्ने , विद्यार्थी वेलफेयर मार्फत उठाइने शुल्क पारदर्शी हुनुपर्ने लगाएतका ८ बुदे मागहरु विद्यार्थीले राखेका छन् ।

८ बुदे माग प्रशासन समक्ष पटक पटक बुझाएको भएतापनि कुनै सुनुवाइ नभएपछि तालाबन्दी गर्नुपरेको विद्यार्थी फरेन्द्र थापा मगरले जानकारी दिए । तालाबन्दी गर्दापनि प्रशासनले बेवास्था गरे कडा आन्दोलन गर्ने विद्यार्थीहरुले चेतावनी दिए छन् । कलेजमा बी बी ए , बी सी ए र बी पी एच का प्राविधिक कक्षाहरु सञ्चालन हुदै आएको छ ।

कमेन्टहरु
Loading...