कम्बोडियाको जेलमा ३७ महिनादेखि निर्दोष नेपाली

काठमाडौ, असार १९ – आवाज हुँदो हो

आवाज गुञ्जँदो हो

आवाज बज्रँदो हो

खै, केही भएन

नभएरै होला ।

झट्ट हेर्दा यी शब्दमा राणाकालीन कालकोठरीमा रहेका बन्दी नेपालीको पीडा ध्वनित हुन्छ। तर, यी हालसालै लेखिएका हुन्। काठमाडौँबाट करबि चार हजार किलोमिटर टाढा रहेको कम्बोडियाको राजधानी न्होमपेन्हस्थित प्रे सार जेलमा रहेका एक नेपालीका भावना हुन् यी।

आफूमाथि अन्याय पर्दा प्रहरी र अदालतको शरण परिन्छ। तर, न्याय दिने र दिलाउने राज्यका दुवै निकायले उनीमाथि यस्तो पक्षपात गरे कि सुनाउन खोजेका कुरा सुन्दैनन्, बुझाउन खोजेका कुरा बुझ्दैनन्। देखाउन खोजेका प्रमाण गुटमुट्याएर प्रहरीले आफैँसँग राखेको छ। र, उनीमाथि लगाइएको छ, आतंककारीको हचुवा अभियोग। त्यही अभियोगमा दुई तहका अदालतले उनलाई दोषी करार गरसिकेको छ। उनी यातनापूर्ण दैनिकी गुजाररिहेका छन्, अँध्यारो कोठरीमा। ती ‘अभागी’ नेपाली हुन्, धनपति पौड्याल, ४७ ।

– See more at: http://www.ekantipur.com/np/2070/3/19/full-story/371356.html#sthash.G9QZ8RQH.dpuf

कमेन्टहरु
Loading...