जहाजमा पोखरा आउन लागेका यात्रुको झोलामा २० राउण्ड गोली

पोखरा, ३ भदौ / काठमाडौंबाट जहाजमा पोखरा आउन लागेका एक यात्रुको झोलाबाट २२ एमएमको गोली २० राउण्ड फेला परेको

छ । आइतबार दिउँसो बुद्ध एयरको विमानबाट पोखरा आउन लागेका भारतीय सेना आसाम राइफलका कर्नेल बलबहादुर पुनको

झोलामा गोली भेटिएको हो । गोलीसहित पुनलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

विमानस्थलको आन्तरिक टर्मिनलको सुरक्षा जाँचअन्तर्गत एक्सरे मेसिनमा चेक जाँच गर्ने क्रममा २० राउण्ड गोली फेला परेको

हो । चितवन निवासी पुनलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशाला राखीएको छ ।

कमेन्टहरु
Loading...