स्वर्गिय पहारीको स्मृतीमा क्रियापुत्रि भवन

भदौ १६,पोखरा/समाजसेवी स्वर्गिय दिनानाथ पहारीको स्मृतीमा उनको परिवारले क्रियापुत्रि भवनको मर्मत सम्भार गरेका छन् । पोखरा–६ बैदामस्थित कोइराला पधेंरो मार्गमा रहेको अर्धनिर्मित क्रियापुत्रि भवन झण्डै ८० हजार रुपैयाँ खर्च गरेर मर्मत गरिएको हो । दुईकोठे भवनमा पिल्लर उठाएर ढलानमात्रै गरिएको थियो । तर पहारीको स्मृतीमा उनका छोराहरु सुरेशचन्द्र पहारी,प्रकाशचन्द्र पहारी र रमेसचन्द्र पहारीले सो भवनको खुल्ला स्थानमा ग्रिल हालेर बारेका हुन् ।
kriya putri bhawanआइतबार विहान एक कार्यक्रमका विच भवनको चावी कोइराला पधेंरा क्रियापुत्रि भवनका संरक्षक गिरीराज अधिकारीलाई हस्तान्तरण गरिएको छ । चावी हस्तान्तरण पश्चात बोल्दै पहरीद्धय सुरेश र प्रकासले आफुहरुलाई पर्दा समेत अभाव खड्किएकाले पारिवारिक छलफल पश्चात उक्त भवन मर्मतका लागि सहयोग गर्ने निर्णय गरिएको बताए । त्यसैगरि पहारी कुल मन्दिरका अध्यक्ष रामराज पहारीले स्वर्गिय पहारीको सम्झना गर्दै उनले समाजसेवामा पु¥याएको योगदानको चर्चा गरे ।
छोराहरुले पनि सामाजिक काममा चासो देखाएकोमा खुसि व्यक्त गर्दै अरुले पनि यस्ता कार्यमा चासो दिनुपर्ने उनले बताए । त्यस्तै, क्रियापुत्रि भवन समितिका संरक्षक गिरीराज अधिकारीले क्रियापुत्रि भवन सवैको साझा र आवश्यकता पनि भएकाले यसको उचित संरक्षण प्रवद्र्धनमा सवैजना लाग्नुपर्नेमा जोड दिए । यसैविच उक्त क्रियापुत्रि भवनको संरक्षण प्रवद्र्धनका लागि राजेन्द्र कोइरालाको अध्यक्षतामा समिति पनि गठन भएको छ । भवन परिषरमा शौचालय, स्नानगृह लगाएत अन्य भौतिक निर्माणमा समितिले काम शुरु गर्ने बताइएको छ ।

कमेन्टहरु
Loading...