६३ वर्षमा १२ किलो तौल भएका कृष्णप्रसाद गिनिज बुकमा नाम लेखाउने तयारीमा

काठमाडौं, ९ चैत /अर्घाखाचीका कृष्णप्रसाद पौडेलले ६३ वर्षका भए । उनको तौल सानो बच्चाको जस्तै छ । उनको तौल जम्मा जम्मी १२ किलो मात्रै । उनी अहिले संसारको सबैभन्दा कम तौल र उचाई भएको शिक्षकका रुपमा ‘गिनिज बुक’मा नाम लेखाउन अगाडी बढेका छन् । उनले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन् ।

बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले पौडेलको उपचार तथा गिनिज बुकमा नाम लेखाउन पहलका लागि सरकारको तर्फबाट सहयोग रहने बताए । साथै प्रधानमन्त्री दाहालले पौडेलको जीविकोपार्जनका लागिसमेत सरकारले आवश्यक सहयोग गर्ने बताए ।

पौडेलको विशेष क्षमता भएको र उनको योगदानको सरकारका तर्फबाट उचित सम्मान हुने पनि प्रधानमन्त्री दाहालले बताए ।
अर्घाखाची जिल्लाको ठूलापोखरा–२, रोहोटेपानी निवासी पौडेलले भगवती निमावि ठुलापोखरा–२, रोटेपानीमा विद्यालय स्थापना गरी निरन्तर ४२ वर्षसम्म शिक्षण गराए । शारीरिकरुपमा अशक्त भए पनि फरक क्षमता भएका पौडल हाल भोजन नली र अन्य शारीरिक समस्याले काठमाडौंमा उपचाररत छन् ।

कमेन्टहरु
Loading...