आठ दिन सम्म विना अक्सिन समाधिमा कृष्णादासजी (भिडियो सहित )

सागर राज तिमिल्सिना
पोखरा, २७ चैत/चिकित्सा विज्ञानलाई चुनौती दिँदै सिद्धबाबा श्रीवैष्णव कृष्णदासजी महाराज श्री रामानन्दाचार्य पोखरामा भूमि समाधिमा बसेका छन् । रामघाटस्थित जगतगुरु श्री रामानन्दाचार्य सेवापीठ पोखरा कार्यालयमा बैशाख ३ गते सम्म ९ दिनका लागि बिना अक्सिन समाधिमा लिन लागेका हुन् । भूमि समाधिमा बस्नु अघि पत्रकारसँग कुरा गर्दै उनले राष्ट्र र मानवकल्याणका लागि आफू यसरी भूमि समाधिमा बसेको बताए ।

समाधिको लागि ५ फिट लम्बाई र ३ फिट चौडाईको काठको बाकस प्लास्टिकले बेरे पछि माटोले पुरेर समाधिमा बसेका हुन् । जसमा अक्सिजन नछिरोस् भन्नका लागि बाहिरबाट प्लाष्टिक, सेतो कपडा, कम्मलले बेरिएको छ भने बाकसलाई ४ वटा साँचो लगाइएको छ । बासकको माथिल्लो भागमा बालुवा माटोले पुरिएको छ । उनले समाधिन बस्नुभएको स्थानमा पुग्न पनि ३ कोठाको चाबी खोलेर पुग्नुपर्छ ।

उनले पहिलो पटक उनले २०६५ सालको रामनवमीमा सुनसरीको चतरामा भूमि समाधि बसेका थिए । समाधिमा बस्ने भएपछि अनुयायीहरुको रामघाट क्षेत्रमा ठूलो भिड लागेको छ । गुरुको समाधिसँगै उनले हुने रामार्चन यज्ञ तथा विशेष अनुष्ठानमा सम्पूर्णलाई आयोजकले सहभागीका लागि आग्रह गरेको छ ।

पोखरा कार्यक्रमको संयोजन नरनारायण बाबा आश्रम पश्चिमाञ्चल शाखा परिवार, जगतगुरु श्री रामानन्दाचार्य सेवापीठ पोखरा शाखा परिवार र नारायणस्थान धार्मिक क्षेत्र विकास समिति नारायणस्थान पोखराले संयुक्त रुपमा गरेका छन् ।

कमेन्टहरु
Loading...