प्रधानमन्त्री उपचारका लागि सिंगापुर जादैं, मिर्गौलाको कार्यक्षमतामा ह्रास

पोखरा, ३ भदौ/ प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाले कार्यक्षमतामा समस्या देखिएपछि शनिबार पुनः उपचारका लागि सिंगार जाँने भएका छन् । आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले समाचार लेखेका छन् ।

१२ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको रगतमा ‘क्रिएटिनिन’को स्तर बढेको छ । ‘क्रिएटिनिन’ बढ्नुको अर्थ मिर्गौलाको कार्यक्षमतामा ह्रास आउनु हो ।

सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षणपछि चिकित्सकको सुझावअनुसार थप फलोअपका लागि प्रधानमन्त्री ओली गत साउन १८ गते सिंगापुर गएका थिए ।

चिकित्सकले उपचारका लागि लामोसमय लाग्ने बताए पछि ओली नेपाल आएर फेरी उपचारका लागि सिंगापुर जान लागेका हुन् ।

कमेन्टहरु
Loading...