प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना

काठमाडौं, १२ कात्तिक /केही दिने देखी विरामी परेका प्रधानमन्त्री केपी शर्मा ओली टिचिङ अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओली स्वास्थ्यमा थप समस्या देखिएपछि सोमबार बिहान अस्पताल लगिएको चिकित्सकले बताएका छन् ।

उनलाई सोमबार बिहान करिब २ बजे शिक्षण अस्पताल लगेर मनमोहन हार्ट सेन्टरमा राखेर उपचार भइरहेको अस्तालले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीको मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. विद्या सिंह लगायतको टोली उपचारमा संलग्न छ ।

प्रधानमन्त्री ओलीलाई केही दिन चिकित्सकको निगरानीमै राखिनेछ अस्पताले जनाएको छ

कमेन्टहरु
Loading...