भारतका प्रधानमन्त्रीलाई ओलीको प्रश्न– सिंहमेव जयते कि सत्यमेव जयते ?

केपी शर्मा ओली
0 130

काठमाडौं, ६ जेठ / प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोल्दै भारतलाई सिंहमेव जयते कि सत्यमेव जयते भनेर प्रश्न गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रम माथि संसदमा उठेका प्रश्नको मंगलबार जवाफ दिदैँ प्रधानमन्त्री ओलीले भारतद्वारा अतिक्रमित नेपाली भूभाग फिर्ता लिइने दृढता प्रकट गरे । उनले आफूले भारतलाई उक्त प्रश्न गर्ने जानकारी गराए ।

उनले मन्त्रिपरिषदबाट सोमबार पारित भएको नयाँ नक्साले पाठ्यपुस्तक देखि लिएर धेरै कुरामा परिवर्तन ल्याउने बताए । मानचित्रमा एक खालको परिवर्तन ल्याएको र अरु धेरै कुरामा विस्तारै परिवर्तन आउँदै जाने उनको भनाई छ ।

उनले भारतको प्रतीक चिन्हमाथि टिप्पणी गर्दै भने, ‘भारतको एउटा प्रतीक चिन्ह छ, भारत भनेर चिनिने । अशोकाले स्थापना गरेको चार मुखे सिंह, चारतिर फर्किएको सिंह भारतको प्रतीक चिन्ह छ । त्यसको मुनी सत्यमेव जयते लेखेको हुन्छ ।’

उनले ‘सत्मेव जयते’ भारतको चिन्हमुनी लेखिएको भए पनि विश्वासचाहिँँ आफूले गर्ने प्रष्ट पारे । उनले भने, ‘म सोध्नेछु भारतलाई– सिंहमेव जयते कि सत्यमेव जयते ?

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...