अब केपी ओली भावी प्रधानमन्त्री : महेश बस्नेत

२३ साउन, काठमाडौं । नेकपा एमालेका युवा नेता एवं युवा संघका केन्द्रीय अध्यक्ष मधेश बस्नेतले आगामी निर्वाचनमा बरिष्ठ नेता केपी ओलीलाई पार्टीले भावी प्रधानमन्त्रीका रुपमा पूर्व घोषणा गरेर उभ्याउनुपर्ने बताउनुभएको छ । ‘एमालेले अब केपी ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा उभ्याउनुपर्छ । केपीलाई उभ्याउँदा कसैलाई भाग खोसिन्छ कि भन्ने छ भने त्यो हुँदैन ।’Mahesh-basnet
बुधबार अनलाइनखबरसँग कुराकानी गर्दै बस्नेतले भन्नुभयो, ‘एमालेले फलानोको नेतृत्वमा चुनावमा जाँदैछौं भन्ने जनतालाई दिनुपर्छ, हिजो मनमोहन अधिकारीलाई यसैगरी लगिएको थियो ।’ पार्टीमा सबै नेताहरु ‘टेष्ट’ भैसकेकाले अब एमालेको नेृतत्व गर्ने पालो केपी ओलीकै भएको बस्नेतले ठोकुवा गर्नुभयो । ‘हिजो बाबुराम भट्टराई थिए, उनलाई पनि सबैले परीक्षण गरे । माधव नेपाल, झलनाथ, प्रचण्ड, शेरबहादुर सबै टेष्ट हुनु भो, भनेपछि बाँकी भनेको अब केपी ओली हो ।’
पार्टीले नबनाऊ भने पनि बुथ-बुथमा युथ फोर्स
आगामी चुनावलाई लक्षित गरी महिला र पुरुषको छुट्टा छुट्टै युथ फोर्स बनाइने बस्नेतले बताउनुभयो । युथ फेर्स एमालेले चलाउने नभई युवासंघले चलाउने भएकाले एमालेले भन्दैमा युथफोर्स नरोकिने उहाँले बताउनुभयो । ‘युथ फोर्स युवा संघले बनाएको संगठन हो, एमालेले हैन । हामी यसपालिको निर्वाचनमा महिला र पुरुष दुबैको युथ फोर्स प्रत्येक बुथ-बुथमा बनाउँछौं ।’ cp. onlinekhabar.com

कमेन्टहरु
Loading...