को बन्छ करोडपतिमा सर्वाधीक जित्ने बने राजीब (भिडियो सहित)

पोखरा, २८ बैशाख/ को बन्छ करोडपतिमा मोरङका राजीब जैनले सर्वाधि रकम जित्न सफल भएका छन् ।

शनिबार एपिवान टेलिभिजनबाट प्रशारण भएको को बन्छ करोडपतिमा उनले १३ प्रश्नको उत्तर मिलाउदै २५ लाख जित्न सफल भएका छन् । उनले आइतबार प्रशारण हुने कार्यक्रममा २ प्रश्नको सामना गर्दै १ करोड जित्ने कार्यक्रमको प्रोमोमा प्रशारण गरेको छ ।

को बन्छ करोडपतिको प्रथम सिजनको पहिलो करोडपति उनी नै बन्ने घोषणा बारे एसआरविएन मिडिया (को बन्छ करोडपति) परिवारले प्रोमो सहितको प्रेस वक्तव्य जारी गरेको थियो ।

विश्वकै प्रख्यात टेलिभिजन रियालिटि शो को बन्छ करोडपतिको ४१ औं श्रृखलामा उनले भाग लिएका छन् । एपिवान टेलिभिजनबाट हरेक शनिवार, आइतवार र सोमबार सांझ ८ः३० बजे प्रशारण भइरहेको कार्यक्रमले पुर्व मेचीदेखि पस्चिम महाकालीसम्म सबै परविारलाई टेलिभिजन सेट अगाडि बसाउन सफल भएको छ ।

सामान्यतया केविसि नेपालमा सोधिने प्रश्न कठिन नै भएको हो त भनेर केविसि टिमलाई सोच्नै पर्ने अवस्था आउँदै लाग्दा एक जना प्रतियोगीले एक करोड रुपैयाँ जित्न सफल भएपछि केविसि नेपाल तथा एसआरविएन परविारलाई ज्ञानको भण्डार नै भाग्य चम्काउने एक मात्र अचुक उपाय हो भन्नेमा विश्वस्त तुल्याएको विज्ञप्तीमा उल्लेख छ ।

कमेन्टहरु
Loading...