किराँत सेवा समाजद्धारा शुभकामना आदान-प्रदान 

पोखरा, २ वैशाख /किराँत सेवा समाज कास्कीद्धारा प्रकाशित २०७६ सालको क्यालेण्डरको एक समारोहका बीच विमोचन गरेको छ ।किराँत सेवा समाज कास्कीको भवनमा आयोजित कार्यक्रममा संस्थाका वरिष्ठ संरक्षक डाक्टर लक्ष्मीप्रसाद राईले क्यालेण्डर विमोचन गर्दै किराँत सेवा समाजले नाम जस्तै काम गर्न सफल भएको वताए ।

किराँत सेवा समाज कास्कीले कास्कीमा रहेका किराँतीहरुलाई दुखः आफ्ठेरो परेको वेलामा सहयोग गरी आफ्नो समुदायमा लक्षित रही सामाजिक काम गरेकोमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनि त्यस्ता कामलाई निरन्तरता दिन आग्रह गरे ।

त्यसैगरी पूर्वाञ्चल सेवा समाजका अध्यक्ष डिवी राईले पूर्वाञ्चलबाट विभिन्न सिलसिलामा पोखरा आइ बसोबास गर्ने किराँतीहरुको समुहले पोखरामा छुट्टै स्थान बनाउन सफल भएको र पूर्वको भाषा संस्कृतीलाई पश्चिममा समेत बिकास गराउन र समाजमा आवद्ध भइ विभिन्न सामाजिक काममा किराँत सेवा समाज लागेकोमा आभार प्रकट ब्यक्त गरे ।

किराँत सेवा समाज कास्कीका अध्यक्ष लोकेन्द्र कुमार चाम्लिङ राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किराँत सेवा समाज कास्कीका सल्लाहकारहरु मनोज किराँती र दिपेन्द्र राई लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । समाजका सह सचिव जीवन राईले सञ्चालन गरेको कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष मन कुमार मुखियाले स्वागत मन्तब्य राखेका थिए ।

सो अवसरमा किरात सेवा समाज कास्कीका सांस्कृतीक संयोजक संगीतकर्मी स्वर्गीय श्रीमान थुलुङ राईको स्मृतीमा अक्षयकोष स्थापनाका लागी समाजका वरिष्ठ संरक्षक डाक्टर लक्ष्मीप्रसाद राईले ३३ हजार ३ सय ३३ रुपैयाको अक्षयकोष स्थापना रकम घोषणा गरेका थिए ।

कमेन्टहरु
Loading...