संरचनागत प्रबृत्ति बिरुद्ध राजीनामा सदस्य घले

पोखरा, ११ चैत/नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य खिम घलेले महासंघमा संरचनागत प्रबृत्ति बिरुद्ध आफुले राजिनामा दिएको बताएका छन । पोखरामा आयोजना भएको केन्द्रीय साधारण सभामा महासंघका अध्यक्ष शिव गाँउलेले विधान संशोधन प्रस्ताव फिर्ता गरे पछि सदस्य घलेले शनिबार राजिनामाको घोषणा गरेका थिए । आईतबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी सदस्य घलेले अध्यक्ष गाँउलेसंग व्यतिmगत कुनै रिसिवि नभएको प्रष्ट पार्दै महासंघको प्रबृत्ति बिरुद्ध आफुले राजिनामा दिएको बताए ।

महासंघको बैठकले निर्णय गरी प्रस्ताव गरेको विधान संम्सोधन जस्तो विषयमा केहि व्यतिmहरुले नारा जुलुस गरे भन्दैमा अध्यक्ष गाँउलेले एक्लौटी ढंगले विधान संसोधन प्रस्ताव फिर्ता लिनु नै आफुलाई अपच्चे भएर राजिनामा दिएको बताए । उनले समावेसी सिद्धान्तमा बहस गर्नु पर्नेमा मच्चमा भएका पदाधिकारीहरुसंग समेत कुनै समन्वय नै नगरीकन फिर्ता लिनु अलोकतान्त्रीक भएको बताए ।

कमेन्टहरु
Loading...