चुनावी सरकारको नेतृत्व लिन प्रधानन्यायाधीश तयार

१४ फागुन, काठमाण्डौं । प्रधानन्यायाधीश खिलराज रेग्मी चुनावी सरकारको नेतृत्व लिन तयार हुनुभएको छ । आज बिहान प्रमुख दलका शीर्ष नेताहरुसँगको छलफलमा उहाँले आफू चुनावी सरकारको नेतृत्व लिन तयार रहेको जानकारी दिनुभएको हो । छलफलपछि पत्रकारहसंग कुराकानी गर्दै मधेशी मोर्चाका संयोजक विजयकुमार गच्छादारले प्रधानन्यायधीश रेग्कोमीसंगको  छलफलमा दलहरुले राखेको प्रस्तावप्रति उहाँ सकारात्मक भएको जानकारी दिनुभयो ।

  मोर्चा संयोजक गच्छदारले भन्नुभयो -’छलफल सकारात्मक रुपमा अघि बढेको छ, प्रधानन्यायाधीशले चुनावी सरकारको नेतृत्व गर्नुहुने भएको छ, अव मुलुक चुनावी माहोलमा अघि बढ्ने छ ।’ गच्छदारले निर्वाचनका लागि गठन हुने सरकारको नेतृत्व लिन प्रधानन्यायाधीश सहमत भएकाले अब दलहरुवीच रहेका विवादित विषयमा छलफल गरी निष्कर्षमा पुगिने जानकारी दिनुभयो ।  प्रधानन्यायाधीश रेग्मीसँग भएको भेटपछि प्रमुख दलका नेताहरुले अब मुलुक निर्वाचनतर्फ उन्मुख भएको वताएका छन् । दिउँसो ३ बजे बस्ने प्रमुख चार दलको बैठकले यसवारेमा ठोस निर्णय लिने वताइएको छ ।

छलफलमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरवहादुर, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र मोर्चाका संयोजक बिजयकुमार गच्छदारलगायतका नेताहरु सहभागी थिए । cp. onlinekhabar.com

 

कमेन्टहरु
Loading...