सशस्त्र प्रहरीद्धारा खाँस्टेताल सरसफाई

पोखरा, २३ माघ/सशस्त्र प्रहरी वलको एक टोलीले बुधबार कास्कीकोे लेखनाथ नगरपालीका वडा नम्वर ४ मा लोपउन्मुख अबस्थामा रहेको खाँस्टेताल सरसफाइ गरेको छ । सशस्त्र प्रहरीको मुक्तिनाथ बाहिनिबाट सशस्त्र प्रहरी निरिक्षक शालीकराम अधिकारीको नेतृत्वमा ५१ सदस्य र सशस्त्र प्रहरी वल कालिका गण मालेपाटन पोखराका प्रहरी निरिक्षक चंगबहादुर तामाङको नेतृत्वमा ५१ सदस्य एक टोलीले बुधबार ताल सरसफाई गरेको खास्टेताल संरक्षण समितिका अध्यक्ष खेमराज बरालले बताए ।

सशस्त्रको टोलीले हुक, डोरी, सावेल, आसी, लाईफ ज्याकेज लगायतका सामाग्रिको प्रयोगले ताल सरसफाई अभियानमा जुटेका थिए । टोलीले बुधबार तालको पुर्वपट्टीको भागमा रहेको तालबाट झारपात तथा माटो निकालेको बरालले बताए । त्यसै गरी टोलीले मन्दीर मर्मतको लागि समेत ढुंगा बोक्ने देखि ढलान गर्न समेत दिनभरी जसो श्रमदान गरेको अध्यक्ष बरालले बताए । मन्दीर मर्मतको लागि क्यु कोशीन बुदो काई कराँते तथा थाई किक बक्सीङका खेलाडीहरुको एक टोलीले ढु्रंगा वोक्न सघाएको कराँतेका दिपक गोदारले बताए । त्यस्तै स्थानीय खास्टेताल जनजाग्रिती महिला समुह तथा स्थानीय बासिहरु समेत मन्दीर मर्मतमा जुटेका थिए ।

खास्टेताल सफा गर्दै शसस्त्र प्रहरी
खास्टेताल सफा गर्दै शसस्त्र प्रहरी

ताल तथा मन्दीर संरक्षणमा आफुहरुले विभिन्न निकायसंगको सहकार्य गर्दै जाने मन्दीर मर्मतका अर्थ समिति संयोजक राजेश गुरुङले बताए । भोलि (विहिबार) नेपाल प्रहरीको एक टोलीले मन्दीर मर्मतमा तथा ताल सरसफाई अभियानमा जनश्रमदान गर्ने भएको गुरुङले जनाए । बुधबार सशस्त्र प्रहरीका प्रहरी नायव महानिरिक्षक नारायण बाबु थापा, कालिका गणका एसपी दमन थापा सहितको एक टोलीले खास्टेताल तथा मन्दीरको अवलोकन गरेका छन । ताल तथा मन्दीर संरक्षणमा सशस्त्र प्रहरीले सहयोग गर्न तत्पर भएको डीआईजी थापाले बताए ।

शिवरात्रीको अवसरमा फागुन १५ गते शिवधुनी लगाउनुका साथै दुध चढाउने कार्यक्रम समेत मन्दीरमा आयोजना गरीने भएको गुरुङले बताए । सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्व वोकेको उक्त ताल तथा मन्दीरलाई पर्यटनको क्षेत्रमा घोषणा गर्नुपर्ने स्थानीयहरुले माग गरेको समितिका सचिव ईश्वरराज भण्डारीले बताए । भदौदेखि कार्तिक महिनासम्म सेतो कमल फुल्ने, ५६ भन्दा बढी चराचुरुङगी पाईने खास्टेसंगै निउरीनी ताल मसेत रहेकोले खास्टेताल तथा तालको परिसरमा रहेको तालवराही मन्दीरले समयमै संरक्षण गर्न सके पर्यटन प्रवद्र्धन गर्न सकिने समितिका अध्यक्ष बरालले जनाए ।

कमेन्टहरु
Loading...