खेलाडीहरु ट्राफिक व्यवस्थापनका लागि सडकमा उत्रिए

उमा आले मगर/ पोखरा, ४ पोखरा/पोखरामा दिनानुदिस सडक दुर्घटना बढ्दो छ । सडकमा बढेको सवारीको अनुपातमा ट्राफिक प्रहरीको संख्या भने बढ्न सकेको छैन । ट्राफिक व्यवस्थापनका लागि उपयुक्त प्रविधिको विकास पनि हुन सकेको छैन । सवारी चालकहरुले पनि शत प्रतिशत ट्राफिक नियम पालना गरेको पाइदैन । यस्तोमा शनिवार ट्राफिक व्यवस्थापनमा जनचेतना गजाउनका लागि खेलाडीहरु सडकमा उत्रिए ।

कास्की जिल्ला तेक्वान्दो संघ अन्तर्गतको पार्दी डोजाङ्गका प्रशिक्षार्थीहरु सडकमा निस्किएर ट्राफिक व्यवस्थापन सम्वन्धि जनचेतनामुलक कार्यक्रम मात्रै गरेनन्, ट्राफिक प्रहरीको सहकार्यमा उनीहरुले सडकमा ट्राफिक नियम उलंघ्न गर्नेलाई कारवाही समेत गरे । लेकसाइडको फिष्टेल गेट,बाराही चोक र हल्लनेचोकमा उनीहरुले सडकमा ट्राफिक व्यवस्थानप गर्नुका साथै नियम मिच्नेहरुलाई ट्राफिक नियम समेत सिकाउन भ्याए । उनीरुले विहान ८ देखि ११ बजे सम्म सडकमा त्यस्तो कार्यक्रम गरेका हुन् ।

यसअघि वडा प्रहरी कार्यालय बैदाममा आयोजित एक समारोहका विच जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी निरिक्षक दानबहादुर थापा, वडा प्रहरी कार्यलय बैदामका प्रहरी निरिक्षक झविन्द्र भट्टराई, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष विनोद लामिछाने, सामुदायिक सेवा केन्द्र बैदामका सचिव भिम पराजुली, लेकसाइड क्लवका अध्यक्ष धरमसिंह लामिछाने लगाएतले पोखरामा बढ्दो ट्राफिक समस्याका बारेमा चर्चा गर्दै ट्राफिक व्यवस्थापनका लागि सम्वन्धित पक्षले बेलैमा ध्यान पु¥याउनु पर्ने बताएका थिए ।

 

कमेन्टहरु
Loading...