खिममाया पुन हत्या काण्ड, लेखनाथको डाँडाको नाकमा सडक अवरुद्ध

लेखनाथ, ९ फागुन /दुई साता अघि कास्कीको वेगनासतालमा मृत अवस्थामा भेटिएकी खिममाया पुन मगरको हत्या भएको भन्दै उनका आफन्तले दोषीलाई कारवाहीको माग गर्दै ४ घण्टा बन्द गरेका छन् ।

खिममाया पुन
खिममाया पुन

आइतबार दिउँसो करिब ४ घण्टा पृथ्वीराजमार्ग अन्र्तगत कास्कीको लेखनाथ डाँडाको नाकमा सडक अवरुद्ध गरेका छन् ।
बेगनास तालमा मृत भेटिएकी खिममायाको हत्या भएको भन्दै दोषीलाई कारवाहीको माग गर्दै उनका आफन्तले इलाका प्रहरी कार्यालय डाँडाको नाकमा घेराउ गर्दै सडक अवरुद्ध गरेका हुन ।

फेवा विकास बैंक पावरहाउस शाखामा कार्यरत २६ बर्षिया पुन माघ २५ गते देखी परिवारको सम्पर्कमा थिईनन् उनको २७ गते विहान शव भेटिएको थियो । पुनको सनाखत हुन नसक्दा विदेशी महिलाको शव भनिएको थियो । पछि उनका आफन्तले सनाखत गरेका थिए । आफन्तले घटनाको थप अनुसन्धान गरी दोषीमाथि कारवाही गर्न माग गरेका छन् ।

सवारी साधन अवरुद्ध हुँदा सयौं यात्रुहरु अलपत्र परेका छन् । यसअघि पुनका आफन्तले भण्डारढिकबाट जुलुस निकालेर डाँडाको नाक पुगेका थिए । परिवारले आइतबार नै प्रहरीमा पुनको हत्या भएको भन्दै किटानी जाहेरी दिएका छन् ।

कमेन्टहरु
Loading...