एसइइपछि कुन विषय पढ्न कति जीपीए चाहिन्छ ?

काठमाडौं, ४ असार/शनिबार रूकुमका एक विद्यार्थी ‘साइन्स’ पढ्न शान्तिनगरको फ्लोरिडा कलेजमा फाराम भर्न पुगे। उनले २.८ जीपीए ल्याएका रहेछन् ।

अनिवार्य नेपालीमा भने ग्रेड डी मात्रै। ‘उनी पढेको स्कुलले साइन्स पढ्न योग्य ठानेर पठाएको रहेछ,’ फ्लोरिडा कलेजका प्रिन्सिपल शिशिर उप्रेतीले भने, कुन समूह अध्ययन गर्न कति जीपीए र विषयगत ग्रेड कति हुनुपर्ने भन्नेबारे शिक्षा मन्त्रालयले आधार सार्वजनिक नगर्दा विद्यार्थी मात्रै होइन, हामी पनि अन्यौलमा छौं ।’ आजको कान्तिपुर दैनिकमा खरब छ ।

जीपीएका आधारमा विज्ञान पढ्न २.० जीपीए ल्याए हुन्छ, तर विषयगत आधारमा नेपाली डि प्लस ल्याउनै पर्छ । उनको नेपालीमा डी प्लस नहुँदा विज्ञान पढ्न योग्य भएनन् ।

यदि ग्रेड बृद्धि परीक्षामा उनले नेपालीमा डी प्लस ल्याए भने मात्रै विज्ञान पढ्न पाउने छन् ।

कोटेश्वरको हिमालय कलेजका प्रिन्सिपल रामहरी शिलवालले विद्यार्थी भर्नाका लागि आए पनि कुन विषयमा कति ग्रेड र जीपीए आएकालाई भर्ना लिने अन्योल रहेको बताए ।

–विज्ञान समूह अध्ययन गर्न २.० जीपीए साथै गणित र विज्ञानमा सी प्लस, नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस चाहिने ।
–व्यवस्थापन समूह अध्ययन गर्न १.६ जीपीएका साथै नेपाली, अंग्रेजी, गणित र सामाजिकमा डी प्लस आएको हुनुपर्ने ।

–मानविकी, शिक्षा समूह पढ्न १.६ जीपीएका साथै नेपाली, अंग्रेजी, सामाजिकमा डी प्लस आवश्यक
–प्रविधिको स्वास्थ्यका लागि २.० जीपीएका साथै अंग्रेजी, गणित र विज्ञानमा सी प्लस ।
–इन्जिनियरिङ पढ्न गणित र विज्ञानमा सी प्लस ल्याउनु पर्ने ।
–कृषि पढ्न अंग्रेजी, गणित, विज्ञानमध्ये एउटामा डी प्लस ल्याए पुग्ने ।

कमेन्टहरु
Loading...