कास्कीको दुई क्षेत्रमा एमालेको जित, बाकी दुईमा मतगणना जारी

पोखरा ६ मंसिर । कास्कीको ४ निर्बाचन क्षेत्रमध्य दुई ओटामा एमालेले जितेको छ । कास्कीको निर्बाचन क्षेत्रनम्बर ३ मा एमालेका रबिन्द्र अधिकारी , क्षेत्रनम्बर ४ मा सिता गिरी बिजयी भएका छन् ।

अघिल्लो संबिधानसभा निर्बाचनको जित दोहो¥याउने क्रममा अधिकारीले निकटतम प्रतिद्धन्द्धी कांग्रेसका सभोभियत बहादुर अधिकारीलाई २ हजार २ सय २२ मतले हराएका हुन् । उनले १३ हजार एक सय १० मत ल्याएका छन् भने कांग्रेसका अधिकारीले १० हजार ८ सय ८८ मत प्राप्त गरेका छन् । एकिकृत माओबादीका रामजी बरालले ४ हजार ४ सय ३० मत प्राप्त गरेका छन् ।

rabindra

रबिन्द्र अधिकारी पहिलो संबिधान सभा निर्बाचनमा पनि सोही क्षेत्रनम्बर ३ बाटै १३ हजार ३ सय ८६ मत सहित बिजयी भएका थिए । उनले अघिल्लो निर्बाचनमा एमाओबादीका झलकपाणी तिवारीलाई हराएका थिए । कुल ४१ हजार २ सय १८ मतदाता खसेको ३२ हजार ५४ मतमा एक हजार ४६ मत बदर भएका छन् र ३१ हजार ८ मत मात्र सदर भएका छन् । यो क्षेत्रमा अघिल्लो निर्बाचनमा दोस्रो स्थानमा रहेको एमाओबादी अहिले तेस्रोमा झरेको छ र कांग्रेस दोस्रो स्थानमा उक्लिएको छ ।

एमालेका प्रभाबशाली युवा नेताको रुपमा चिनिने अधिकारीले बिगठित संबिधानसभामा पनि निकै राम्रो भूमिका निर्बाह गरेका थिए । उनि संसद बिकास कोषको रकम पारदर्शी रुपमा खर्च गर्ने मध्य ६०१ मा पहिलो नम्बरमा थिए ।

त्यस्तै कास्कीको निर्वाचन क्षेत्रनम्बर ४ मा एमाले नेतृ सिता गिरी बिजयी भएकी छिन् । अघिल्लो संबिधानसभा निर्बाचनमा ब्यहोरेको हार बिर्साउदै उनले १५ हजार ४ सय ३८ मत सहित देशभरबाट पहिलो बिजयी महिला उमेदवार भएकी हुन् । उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका महादेब गुरुङले १३ हजार एक सय ४७ मत प्राप्त गरेका छन् भने एमाओबादीका गुप्त बहादुर हमालले ७ हजार एक सय ८३ मत ल्याएका छन् ।

1186166_530720467006388_972124482_n

गिरी २०६४ सालको संबिधानसभा निर्बाचनमा एकिकृत माओबादीकी दुर्गा बिक संग पराजित भएकी थिइन् । ५३ हजार एक सय ६२ मतदाता रहेको ४ नम्बर क्षेत्रमा ४० हजार ९ सय १९ मत खसेको थियो । जस मध्य एक हजार ९ सय ९५ मत बदर भई ३८ हजार ९ सय २४ मत मात्र सदर भएको छ ।

यसअघि ३ क्षेत्रमा जित हात पारेको एमाओबादी यो पटक प्रतिश्पर्धामा समेत अघि आउन सकेन । कास्कीका चारै क्षेत्रमा तेस्रो स्थानमा झरेको एमाओबादीको बिरासत गुमेको छ ।

कास्कीका अन्य दुई क्षेत्रको मत गणना जारी छ । पछिल्लो मत परिणाम अनुसार क्षेत्रनम्बर १ मा कांग्रेसका यज्ञ बहादुर थापाले एमालेका मान बहादुर जिसीलाई २ सय २७ मतले पछि पारेका छन् । तिब्र प्रतिश्पर्धाको कारण यो क्षेत्रको नतिजा कसको पक्षमा आउला आकलन गर्न सक्ने अबस्था छैन ।

क्षेत्रनम्बर २ मा एमालेका कृष्ण थापाले अग्रता कायमै राखेका छन् उनले ८ हजार ३०० मत ल्याउदा कांग्रेसकी सारदा पौडेल ३ सय २४ मत कम अर्थात् ७ हजार ९ सय ७६ मत सहित दोस्रो स्थानमा छिन् ।

कमेन्टहरु
Loading...