कास्कीमा समानुपातिकको मतगणना जारी

सागर राज तिमिल्सिना
पोखरा, ७ मंसिर/प्रत्यक्ष तर्फको मतपरिणम घोषणा भएसंगै कास्कीमा समानुपातिकतर्फको मतगणना सुरु भएको छ । शुक्रबार दिऊसो देखि कास्कीको चारवटै क्षेत्रमा समानुपातिक तर्फ खसेका मत गणना शुरु भएको निर्वाचन कार्यालयले जनाएको छ । कास्कीका चार क्षेत्रको छुट्टा छुट्टै स्थानमा मतगणनाको काम भैरहेको र भोलि साझ सम्ममा अन्तिम परिणाम आउने निर्वाचन कार्यालय कास्कीका प्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।

हालसम्म भएको मतगणनाको दोस्रो चरणसम्म कास्की क्षेत्र नम्बर एक मा २ हजार ८ सय ४ मतसहित नेकपा एमालेले अग्रता कायम गरेको छ । एमालेलाई पछ्याउँदै नेपाली काँग्रेसले २ हजार ६ सय ७६ मत सहित दोस्रो स्थानमा छ । त्यस्तै एकिकृत नेकपा माओबादी १२ सय ४२ मत सहित तेस्रो स्थानमा छ भने राप्रपा नेपालले १ सय ७० मत लिएको छ । त्यसै गरि संघिय समाजावादी ७५, अखण्ड नेपाल ६५ मत प्राप्त गरेका छन् ।

उता क्षेत्र नम्बर २ मा भने काँग्रेसले अग्रता लिएको छ । दोस्रो चरणसम्म आईपुग्दा काँग्रेसले १६ सय ५९ मत सहित आफुलाई अग्रस्थानमा राखेको छ । एमाले ११ सय ९ मत सहित दोस्रो स्थानमा छ भने एमाओबादी ६ सय ११ मत सहित तेस्रो स्थानमा छ । समानुपातिक तर्फ क्षेत्र नम्बर २ मा राप्रपा नेपालले ४ सय ५५ मत लिएको छ । त्यसै गरि संघिय समाजबादीको ३ सय ५५ र अखण्ड नेपालले २ सय ३७ मत प्राप्त गरेका छन् ।

त्यस्तै क्षेत्र नम्बर तीन भएको मतगणनाको तेस्रो चरणसम्मको नतिजा अनुसार एमाले ४ हजार ३ सय ९३ मत सहित शिर्ष स्थानमा छ । उसलाई पछ्याउँदै काँग्रेस २३ सय ९३ मत सहित दोस्रो स्थानमा छ । त्यसैगरि एमाओबादी १७ सय ६० मत सहित तेस्रो स्थानमा छ भने राप्रपा नेपाल ३ सय ५६ मत सहित चौथो स्थानमा छ । त्यसै गरि अखण्ड नेपालको १ सय ९१ र संघिय समाजवादी पार्टिले १ सय २ मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर तीनमा हालसम्म १० हजार ३ सय ६५ मतगणना भैसकेको जानकारी प्राप्त भएको छ ।

कास्की क्षेत्र नम्बर चारमा भने काँग्रेस अगाडी देखिएको छ । काँग्रेसले २ हजार २ सय २९ मत सहित आफुलाई अगाडी राखेको छ भने सुर्यले उसलाई पछ्याउँदै १६ सय १६ मत सहित दोस्रो स्थानमा छ । त्यस्तै ११ सय ७६ मत सहित एमाओबादी तेस्रो स्थानमा छ । त्यसै गरि राप्रपा नेपालको ९१, संघिय समाजवादिको १ सय ४० र अखण्ड नेपालको ८७ मत ल्याएको छ । हालसम्म क्षेत्र नम्बर चारमा ६ हजार ९ मत गणना भैसकेको छ ।

कास्कीका चारवटा क्षेत्रमा भएको प्रत्यक्षतर्फको मतगणनाको आधारमा क्षेत्र नम्बर १ र २ मा काँग्रेसका उम्मेदवार विजयी भए । त्यस्तै क्षेत्र नम्बर ३ र चारमा एमालेका उम्मेदवारहरुले सफलता प्राप्त गरे । एनेककपा माओबादीले भने कास्कीको कुनै क्षेत्रमा पनि विजयी नतिजा निकाल्न सकेन ।

कमेन्टहरु
Loading...