जिल्ला प्रहरी कार्यालय कास्कीमा बिस्फोट

सागर राज तिमिल्सिना/ पोखरा, २८ चैत्र/जिल्ला प्रहरी कार्यालय कास्कीमा गएराती बम बिस्फोट भएको छ । द्धन्दका बेला फेला परेका विस्फोटक सामाग्रीहरु भण्डारण गरेको कक्षमा राती विस्फोट भएको हो । बिस्फोटमा मानवीय क्षती नभएपनि प्रहरी कार्यालय र आडैको पोखरा उद्योग बाणिज्य संघको भवनका झ्यालका शिशा फुटेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाहलका १ दर्जन शिशा फुटेका छन् भने जिल्ला प्रहरी कार्यालय र नजि कै रहेको पन्थी डेरीका केहि झ्यालका शिशा फुटेका छन् । राती करिब ११ बजे ठुलो आवाजका साथ बिस्फोट भएको प्रहरी प्रमुख एसपी केदार रिजालले बताए । द्धन्दका बेला विभिन्न ठाउँबाट संकलन गरि भण्डारण गरिएका विस्फोटक पदार्थ पड्किएको उनले बताए ।

विस्फोट भएको भण्डारण कक्ष पुरै नष्ट भएको छ । उक्त स्टोरमा डिटोनेटर र सेफटी फ्यूज, काम नलाग्ने हातहतियार र अन्य पुराना सामाग्रीहरु राखिएको थियो । विस्फोट रातीमा भएकोले मानवीय क्षती हुन नपाएको रिजालले बताए ।

कमेन्टहरु
Loading...