कास्की कारागारबाट कैदी फरार, कारागार प्रमुख सहित तीन प्रहरी निलम्बन

सागरराज तिमिल्सिना
पोखरा, ११ साउन/कारागार भित्रको सुरक्षा लापरवाहीको फाइदा उठाउदै कास्की कारागारबाट आज विहानै एक कैदी भाग्न सफल भएका छन् । जबरजस्ती करणी गरेको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका पोखरा भद्रकालीका हेमबहादुर तामाङ कारागारबाट भागेका हुन ।
IMG_4366फोहोर फाग्ने बाहनामा बाहिर आएका २५ बर्षीय तामाङ कारागार बाहिरको पर्खाल नाघेपछि मात्रै सुरक्षाकर्मीले थाहा पाएका थिए । उनी भागे लगत्तै खोजी कार्य तिव्र पारे पनि फेला नपरेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक केदार रिजालले बताएका छन् । ०६६ सालमा जबरजस्ती करणीको अभियोग लागेका तामाङ चार महिना अघि पक्राउ परी पुर्पक्षका लागि जेल चलान भएका थिए ।
यसैबीच कैदी भागेको प्रकरणको अनुसन्धान गर्न कास्कीका प्रमुख जिल्ला अधिकारीले यादव कोइरालाले छानविन समिति गठन गरेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सन्तोष खड्काको नेतृत्वमा ३ सदस्यीय छानविन समिति गठन भएको छ । कारागार प्रमुख प्रहरी नायव निरिक्षक नरहरी अधिकारी, प्रहरी जवान सन्तोष शाही र खड्क बहादुर शाहीलाई निलम्बन गरेको छ ।

कमेन्टहरु
Loading...