कृषिलाई व्यवसायीक बनाउनु पर्नेमा जोड

पोखरा, ५ भाद्र/कृषि विकास मन्त्रालयका सचिव गणेशराज जोशीले नेपालको कृषि क्षेत्र प्राचिनशैलीबाट नभई व्यवसायिक एवं आधुनिक शैलीमा परिर्वतन गर्न सके नाफामुखी हुन सक्ने बताएका छन् । पश्चिमाञ्चल स्तरीय तेस्रो चैमाशिक तथा बार्षिक प्रगती समिक्षा गोष्ठीको उद्घाटन गदै सचिव जोशीले कृषि क्षेत्रमा युवा जनशाक्तिलाई आक्रषण गर्न सक्ने हुनु पर्ने बताए । पश्मिाञ्चल क्षेत्रिय कृषि निर्देशनालयको आयोजना भएको दुई दिने गोष्ठिमा जोशीले कृषि क्षेत्रमा प्रयाप्त सम्भावना रहेपनि त्यसको प्रतिफल जनताले पाउन नसकेको बताए ।

उनले कृषिमा दक्षजनशक्तिको अभाव कायमै रहेको बताउदै नयाँ अनुसन्धान गर्न पनि युवा वर्गको खाचो रहेको बताए । उनले सरकारी तबरबाटै कृषिको स्तरउन्नति गर्नका लागी पहल कदमी गर्ने उनको भनाई रहेको थियो । ऐन कानुन र नियमले दिए बमोजिम ढुक्क भई काम गर्न आग्रह गर्दै सचिब जोसीले पश्मिाञ्चलमा बेरुजु फस्र्यौट रकम केही अनुपातमा धेरै भएकोले त्यसलाई तत्कालै हटाउन निर्देशन दिए ।

पश्मिाञ्चलका क्षेत्रिय प्रशासक नारायण गोपाल मलेगुँले कृषि क्षेत्रमा बजेटका साथसाथै स्रोत र साधनको अभाव रहेतापनि उपलब्ध रहेको स्रोत र साधनको अत्याधिक प्रयोग गरेर तोकिएको लक्ष्य अनुसारको कार्यसम्पादन गर्न आग्रह गरे । उनले बेरुजु रहेको रकमलाई आगमी बर्ष देखी बेरुजु नरहने गरी फस्र्याैट गर्न आग्रह गरेका थिए ।

क्षेत्रिय कृषि निर्देशनालय पोखराका प्रमुख विरेन्द्रबहादुर हमालले पश्मिाञ्चलमा रहेका क्षेत्रियकृषि निर्देशनालयको तेस्रो चौमाशिक तथा बार्षिक समिक्षा गर्दै उनले पश्मिाञ्चलको समग्रमा सन्तोषजनक नै रहेको जानकारी दिए । कृषि क्षेत्रमा सामुदायिक तथा एकल प्रयासमा कृषीमा युवा पिढीँलाई आकर्षण गर्न सरकारले सहुलियत ऋण प्रदान गर्नुपर्ने उनको धारणा रहेको थियो । सोही अवसरमा आफ्नो कार्यअवधी सकिएर निवृत्तिभरण लिने तिन कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

कृषि निर्देशनालयका महानिर्देशक खेम शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रिय पशुसेवा निर्देशनालयका प्रमुख वशंी शर्माले क्षेत्रिय पशुुसेवा निर्देशनालयको बार्षिक प्रगतीविवरण प्रस्तुत गरेका थिए भने क्षेत्रिय कृषि अनुसन्धानकेन्द्रको बार्षिक प्रगति विवरण क्षेत्रिय कृषि अनुसन्धान केन्द्र लुम्लेका प्रमुख युवराज पाण्डेले प्रस्तुत गरेका थिए । समिक्षा गोष्ठीमा पश्मिाञ्चलका १६ वटै जिल्लाका कृषि कार्यालयका प्रमुख तथा अन्य कर्मचारीहरुले आआफ्नो कार्यालयको समिक्षा गर्ने कार्यक्रम रहेको छ ।

कमेन्टहरु
Loading...