कर्णालीमा जिप खस्यो, गाउँपालिका उपाध्यक्ष सहित १० जना बेपत्ता

कर्णाली, ३ असार /कर्णाली नदीमा जिप खस्दा गाउँपालिका उपाध्यक्ष सहित कम्तीमा १० जना यात्रु बेपत्ता भएका छन् । जिप बाटोबाट करिब ४० मिटर तल नदीमा खसेको हो ।

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ को खार्पुनाथबाट सदरमुकाम सिमकोट जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जिप याङ्चु भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार जिपमा एकै परिवारका सदस्य र आफन्त मात्रै रहेको हुनसक्ने प्रहरीको भनाई छ ।

जिपमा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल मल्ल सवार रहेको प्रहरीको भनाई छ ।

खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दा लागि रहेका छन् ।

कमेन्टहरु
Loading...