कराँते खेलाडी आचार्यलाई अन्तर्राष्ट्रिय उपाधि

नेपालका कराँते खेलाडी नारायण आचार्यले अन्तर्राष्ट्रिय उपाधि हात पारेका छन् । जापानमा हालै सम्पन्न वल्र्ड केन्पोकाई च्याम्पियनसीप कराँते प्रतियोगिता–२०१३ मा आचार्यले खुला समूहमा उपाधि हात पारेका हुन् ।
ओपन इभेण्ट्सतर्फ आचार्यले फाइनलमा जापानका खेलाडीलाई पराजित गरी
उपाधिसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएका हुन् । गत अगष्ट ३ र ४ अगष्टमा
हामामाचो सहरमा आयोजित उक्त प्रतियोगितामा विभिन्न तीन इभेण्ट्समा खेल
खेलाइएको हो । जसमा लाइट (४० केजी तल), मिडल (५५ केजी तल) र ओपन (५५
केजी माथि) समावेश थियो । ओपनतर्फ १० देशका ३५ जना खेलाडी सहभागी थिए

‘सोचेअनुरुप खेल खेलियो, उपाधि पनि जितियो खुशी लागेको छ’–जापानमा
अन्तर्राष्ट्रिय उपाधि हात पारेपछि केही दिनअघि पोखरा आएका आचार्यले भने । 
बाग्लुङ घर भएका २४ वर्षीय आचार्य क्यूकोसिन बुदो काइ पृथ्वीनारायण
क्याम्पसको प्रमुख प्रशिक्षक पनि हुन् । उनी २०६१ सालदेखि कराँते खेल्दै आएका
छन् । क्यूकोसिन बुदोकाई कास्कीको सचिवसमेत रहेका नारायण आचार्य
क्यूकोसिन बुदो काइ नेपालको सिनियर खेलाडी पनि पनि हुन् ।

अघिल्लो वर्ष भियतनाममा भएको प्रथम एशियन मयाथाई किक बक्सिङ
प्रतियोगितामा पनि सहभागी भै उनै आचार्यले नेपालको तर्फबाट काँस्य पदक
प्राप्त गरेका थिए । उनले खेलका क्रममा थुप्रै राष्ट्रिय पदकमा कब्जा जमाएका छन्
। कराँते खेलाडी आचार्य पोखराको प्रतिभा उच्च माविमा पढाउँछन् पनि ।
यसैबीच, आचार्यलाई पृथ्वीनारायण क्याम्पस डोजोका विद्यार्थीहरुले मङ्गबार एक
समारोहको आयोजना गरी सम्मान गरेको पीएन डोजोका सिनियर खेलाडी
दुर्गाराज पाण्डेले जनाए ।

कमेन्टहरु
Loading...