१३ औ माछापुच्छे फुलकन्ट्याक्ट कराँते तथा दोसो क्योकुसिन बुदो काई कराँते प्रतियोगिता सम्पन्न

पुरुष खुल्ला तर्फ तामाङ र महिला तर्फ श्रेष्ठलाई स्वर्ण
पोखरा, १ माघ /माघेसक्रान्तिको अवस।मा पोखरामा बुधबार आयोजित १३ औ माछापुच्छे« फुलकन्ट्याक्ट कराँते तथा दोसो क्योकुसिन बुदो काई कराँते प्रतियोगिताको पुरुष खुल्ला तौल समुह तर्फ सगुन तामाङ स्वर्णपदक जितेकी छन । प्रतियोगितामा निर्मल केसीले रजत, विरबहादुर थापाले कास्य पदक जितेका छन् भने बेष्ट फाइटरको पुरस्कार सोमबहादुर तामाङले जिते । पुरुष ५५ केजी तौल समुहमा गणेश अधिकारीले स्वर्ण पदक जिते भने सलिम वक्स मियाँले रजत पदक र चित्रबहादुर केसीले कास्य पदक जित्दा बेष्ट फाइटरको पुरस्कार बसन्त नेपालीले जिते । त्यस्तै ४५ केजी तौल समुहमा निरज रानाभाटले स्वर्ण पदक, धिरेश रोक्काले रजत र संजिव भण्डारीले कास्य पदक जिते भने बेष्ट फाइटरको उपाधि सुरेश गुरुङले प्राप्त गरे । ३५ केजी तौल समुहमा मनोज श्रेष्ठ स्वण, रमेश श्रेष्ठ रजत र किशोर श्रेष्ठ कास्य पदक जिते तथा बेष्ट फाइटको पुरस्कार केदार सुवेदीले हात पारे ।

१३ औ माछापुच्छे फुलकन्ट्याक्ट कराँते
१३ औ माछापुच्छे
फुलकन्ट्याक्ट कराँते

त्यस्तै ३० केजी समुह तर्फ मनोज गौतम स्वर्ण, सुमन प्रतेल रजत तथा आशिष थामा मगरले कास्य पदक जिते भने बेष्ट फाइटर इन्द्रबहादुर थापामगर घोषित भए । प्रतियोगितामा महिला तर्फ ४५ केजीमा सुष्मा थापामगरले स्वर्ण, सुजिता रानाभाटले रजत र सिमा गुरुङले कास्य पदक हात पारे भने रजिना नेपालीले बेष्टफाइटरको पुरस्कार प्राप्त गरिन् । खुल्ला तर्फ सुस्मि श्रेष्ठले स्वर्ण, मिनरुवि रानाले रजत र सुनिता गुरुङले कास्य पदक जिते भने बेष्ट फाइटर नमुना विक भइन् ।

१३ औ माछापुच्छे फुलकन्ट्याक्ट कराँते
१३ औ माछापुच्छे फुलकन्ट्याक्ट कराँते

कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा खेल मार्फत नेपालको नाममलाई चिनाउन सफल भएको तथा पूर्व कराँते खेलाडि झरना गुरुङ, थाइल्याण्डमा सम्पन्न मोया थाइ बक्सिङ खेल मार्फत अन्तराष्ट्रियस्तरमा रेफ्रिको भुमिका निर्वाह गरेको भन्दै निर्मल पहारी, भियतनाममा सम्पन्न एसिशयन मोया थाई बक्सिङ प्रतियोगितामा कास्यपदक तथा जापानमा सम्पन्न ३७ औ विश्व क्याम्पोकाई कराँते प्रतियोगितामा स्वर्ण पदक जित्न सफल नारायण आर्चायलाई सम्मान गरिएको थियो । त्यस्तै क्योकुसिन कराँते खेलको विकासमा पुयाएको योगदानको कदर गदै लक्षमण कुँवर र लेखबहादुर थापालाई सम्मान गरिएको हो । सम्मानित ब्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा कास्कीका निमित्त प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मा गुरागाइले सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...