केदारेश्वरमा भक्तजनको घुइँचो

पोखरा, १४ साउन/‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ केदारेश्वर महादेवमणि सेवाश्रम समिति पोखराले आयोजना गरेको १५ आंै बोलबम जलयात्रा कार्यक्रममा हजारौं श्रद्धालु भक्तजन सहभागी हुने गरेका छन् । साउन दोस्रो सोमबार पनि केदारेश्वर मन्दिरमा जल चढाउन बिहानैदेखि भक्तजन मन्दिरमा दर्शनका लागि आएका थिए ।

गेरुबस्त्र धारण गरेका बोलबम जलयात्राका सहभागीले भगवान् शिवको महिमासम्बन्धी भजनकीर्तन र नाचगान गरी रमाइलो गरेका थिए । गाइघाटदेखि झाँकी र भजनकीर्तनसहित बोलबम ¥याली निकालिएको हो । गर्मीको कुनै परवाह नगरी शुक्लागण्डकीबाट जल लिई सयांै भक्तजन पैदलयात्रासहित ¥यालीमा निस्किएको बोलबम संयोजक शंकर खरालले जनाए ।

बोलबम समितिले बगरस्थित गाईघाटबाट सेतीनदीको जल लिएर केदारेश्वर मन्दिरमा चढाउने कार्यलाई झण्डै डेढ दशकदेखि व्यवस्थापन गर्दैआएको छ । केदारेश्वर मन्दिरमा भगवान् शिवको आराधना गर्न चारवटै द्वारमा बिहानैदेखि खुला गरिए पनि घुइँचो कारण दिउँसो अबेरसम्म उनीहरु लाइनमै बसेका मन्दिरका सचिव खिमबहादुर पहारीले बताए ।

कतिपय विद्यार्थी स्कुल तथा कलेज ड्रेसमै जल लिएर लाइनमा बसेको पाइन्थ्यो भने कतिपय विदेशी पर्यटकले रमाइलो मानेर हेरेका थिए । भक्तजनलाई यसपटक केदारेश्वर मन्दिरका पूर्व सदस्य लेकसाइड निवासी कृष्णध्वज आचार्य र सावित्री आचार्य दम्पत्तिले प्रसादको व्यवस्था मिलाएका थिए ।

उता, सामाजिक जागरणका लागि नारी अभियानले मन्दिर परिसरमा माग्न बसेका गरिब, दीनदुःखीलाई खिर खुवाएको थियो । बोलबम जलयात्रा साउनका तेस्रो र चौथो सोमबार पनि चल्नेछ । साउन भगवान् शिवको महिना भएको हुँदा भक्तजन उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल उठाएर शिवलिङ्गमा चढाउने चलन छ ।

कमेन्टहरु
Loading...