कान्तिपुर डेण्टलमा निःशुल्क दन्त शिविर शुरु

पोखरा, २९ जेठ/कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साईन्सेस् एण्ड कान्तिपुर डेण्टल हस्पिटलको आयोजनामा बुधबार देखि निःशुल्क दन्त शिविर शुरु भएको छ । शिविर असार ५ गते सम्म सन्चालन हुने हस्पिटलले जानकारी दिएको छ ।

शिविरको पहिलो दिन करिब १ सय जनाले उपचार गरेको हस्पिटलका प्रशासन प्रमुख सिता श्रेष्ठले जानकारी दिइन् । शिविरमा दाँत परिक्षण, दाँत सफा गर्ते, टल्काउने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार, मुखको शल्यक्रिया, कृतिम दाँत राख्ने, दाँतको खोल राख्ने, नमिलेको दाँतको विषेश उपचार, प्रत्यारोपण लगाएतका उपचार सन्चालन भएको श्रेष्ठले जानकारी दिइन् ।

शिविर विहान ७ बजे देखि ११ बजे सम्म सन्चालन हुने उनले जानकारी दिइन् । पहिले दिन अधिकांश दातमा किरा लागेका, दातँ सफा गर्न आउने विरामी बढि रहेको उनको भनाई थियो ।

कमेन्टहरु
Loading...