कान्छी च्याप्ने भगौडा मन्त्रीको दिल्लीमा बिचल्ली

२१ असोज, काठमाण्डौ । ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’ । नारायण गोपालको यो गीतले भनेझैं कुनै बेलाका चर्चित बामपन्थी नेता रवीन्द्र श्रेष्ठको जिन्दगीमा एउटा युवतीको मायाले धेरै फरक पारेको खवर छ । तत्कालीन नेकपा माओवादीको स्थायी समिति सदस्य हुँदै एमाले प्रवेश गरेर माधव नेपाल नेतृत्वको सरकारमा मन्त्रीसमेत भएका श्रेष्ठ पदमै वहाल रहेको अबस्थामा सुपेक्षा सिलवाल नामक युवतीलाई च्यापेर देशै छाडी भागेका थिए ।

आफ्नी छोरी उमेरकी युवती सुपेक्षालाई लिएर भागेका रवीन्द्र यतिखेर खर्च अभावले पीडादायी जिन्दगी जिउन बाध्य भएको वताइएको छ । मन्त्री भएकाबेला कमाएको रकमसमेत उहिल्यै सकिएपछि श्रेष्ठ र उनीसँगै कान्छी बनेर गएकी सिलवालसमेत लगभग भाँडा माझेर खानुपर्ने अवस्थामा पुगेको सोमबार प्रकाशित साँघु साप्ताहिकले छापेको छ । अहिले उनीहरु भारतका बिभिन्न भागमा डेरा सर्दै बसिरहेको सुपेक्षाका माइतितिरका अभिभावकहरुले बताएका छन् । भारतीय नम्बरबाट माइतितिर फोन गर्दै सुपेक्षाले आफ्नो जीवन पिडादायी वनेको दुखेसो पोख्न थालेकी छिन् । फेसबुक च्याटमार्फत सुपेक्षाले बिहान बेलुकी खाने खर्चसमेत नभएको, रवीन्द्रकी जेठी श्रीमतीले बहुबिहाहको मुद्दा हालेका कारण नेपाल आउने अबस्था नरहेको र राजनीतिक जीवनसमेत समाप्त भएको भन्दै दुखेसो पोख्ने गरेकी ििछन् ।

रवीन्द्रले नेपाल फर्किने वातावरण बनाउन एमाले नेता माधव नेपालसमक्ष माफीका लागि समेत बिन्ती गरेको बताइएको छ । तर माधव नेपालले अहिलेसम्म माधव नेपालको रेस्पोन्सबारे केही खुलेको छैन् ।

माओवादी जनयुद्धका बेला आधार इलाकामा खटिएका रवीन्द्र आफुलाई प्रचण्डका सच्चा अनुयायी ठान्थे । चुनवाङ बैठकमा प्रचण्ड-बाबुराम मिलेपछि उनलाई प्रचण्डले कारवाही गरेका थिए । संबिधानसभा चुनावअघि उनी एमाले प्रवेश गरेर पोलिटब्युरो सदस्य बनेका थिए भने माधव नेपाल नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री बनेका थिए ।

c. onlinekhabar

कमेन्टहरु
Loading...