कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी, गाढी समेत उठायो, २२ जना घाइते

फाइल तस्बिर

धनगढी, २३ जेठ/सुदुरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको भीषण हावाहुरीले ठुलो क्षती गरेको छ । हावाहुरीले घरका छाना उठाएको छ भने विद्युतका पोल, रुख भाचेको छ ।

कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा गरी करिब २२ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । कयौंको घरको जस्ता पाता उडाएको छ भने धेरैका पर्खाल भत्केका छन् ।

यसैगरी बिभिन्न ठाउँ ठाउँमा विजुलीका पोल र रुखहरु ढलेर सडक र विद्युत अबुरुद्ध भएको छ । हावाहुरीसँगै आएको पानी अधिकाशंको घरमा पसेको स्थानीयले बताएका छन् । कैलाली र कञ्चनपुरमा धेरैबर्ष पछि ठुृलो हावाहुरी आएको स्थानीयले बताएका छन् ।

हावाहुरीले सवारी साधन समेत उडाएको छ । धनगढीसँगै जोडिएको डोकेबजारमा हावाहुरीले उडाएको ग २ प ८७२० नम्बरको पिकअप महिन्द्रा जीपका चालक र सहचालक दुबैजना घाइते छन् ।

कमेन्टहरु
Loading...