राजावादी र माओवादीवीच सहकार्य हुन्छः कमल थापा

९ साउन, काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामि मंसिर ४ गतको लागि तय भएको संविधानसभा निर्वाचन अवरुद्ध भए राजावादी र माओवादीवीच सहकार्य हुने बताउनु भएको छ ।
kamal-thapaनेकपा-माओवादीको कारण नभई चार दलको कारण निर्वाचन अवरुद्ध हुन सक्ने भन्दै उहाँले भन्नुभयो-’त्यस्तो अवस्थामा राष्ट्रियताको रक्षाको लागि राजा र माओवादी सहित सबै राष्ट्रवादी शक्तिहरुवीच सहकार्यबाट आन्दोलन हुन्छ र त्यसलाई कसैले पनि रोक्न सक्दैन ।’ रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा थापाले माओवादी अध्यक्ष मोहन बैद्य किरण, सचिव नेत्रविक्रम चन्द्र र देव गुरुङसँग आफ्नो भेटवार्ता भएको र अहिले पनि नियमित सम्पर्क भईरहेको बताउनु भयो ।
राष्ट्रियताको रक्षाका लागि राष्ट्रवादी शक्तिहरुवीचको एकता आवश्यक रहेको भन्ने माओवादी नेताहरुको भनाईको स्वागत गर्नुभयो । उहाँले भन्नुभयो-’बैद्यजीले अलि हिम्मत गरेर राष्ट्रियताको रक्षा र सम्बर्द्धनको लागि पूर्वराजसँग सहकार्य हुन सक्छ भन्ने अभिब्यक्ति सही छ । यसले राजनीतिक ध्रुविकरणको संकेत गरेको छ । अन्ततःराजावादी र माओवादी मिलेर राष्ट्रियतामाथि आएको खतराको समाना गर्ने छ ।’
नेपाली काग्रेसका नेता शसांक कोइराला र मोहन बैद्य किरण जस्तो जिम्मेवार नेताहरुले दिएको अभिब्यक्तिले नेपालमा राजसंस्थाको औचित्य र सान्र्दभिकता भएको पुष्टि भएको उहाँको भनाई छ । थापाले राजा र माओवादी मिलेर जानु पर्छ भनि प्रस्ताव राख्ने पहिलो ब्यक्ति पूर्व प्रधानमन्त्री डा बाबुराम भटटराई नै भएको दावी गर्नुभयो ।
सुदुरपश्चिमका बाढी पीडित जनताको लागि राहत वितरण गरेको विषयलाई लिएर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्रलाई जेल हाल्नु पर्छ भनि दिएको अभिब्यक्ति प्रति लक्षित गर्दै अध्यक्ष थापाले भने-प्रधानमन्त्रीबाट हटेपछि बाबुरामजीको अभिब्यक्ति, ब्यवहार र कार्य हेर्दा उहाँलाई आरामको आवश्यकता छ । म उहाँलाई ध्यान, योग र आध्यात्मिक निन्तन गर्न सुझाव दिन्छु ।’ cp. onlinekhabar.com

कमेन्टहरु
Loading...