Ganthan News Pokhara
All news from Pokhara & around

तनहुँकी कमलालाई प्रवासी नेपालीको सहयोग

0

तनहुँ, १७ माघ/ शारीरिक रुपमा अशक्त रहेकी तनहुँकी कमला थापालाई बेल्जियम बस्दै आएका प्रवासी नेपालीहरुको समुहले आर्थिक सहयोग गरेको छ । ऋषिङ गाउँपालिका १ झ्यापुटारमा रहेको उनकै घरमा पुगेर डिसाबिलिटी इन्टरनेशनल सोलिडारिटी फाउन्डेस नामक संस्थाले रु ४० हजार सहयोग गरेको हो ।

पोखरा १० रामबजार बस्दै आएकी सरु पुनको पहलमा संस्थाका उपाध्यक्ष कृष्ण तिलिजा पुनले थापालाई नगद सहयोग हस्तान्तरण गरेका हुन । बेल्जियममा रहेका नेपालीहरुले स्थापना गरेको उक्त संस्थाले बेल्जियम तथा नेपालमा रहेका अपाङ्गको लागि सहयोग गर्दै आइरहेको छ ।

हामिले पनि साथिहरुबाट थाहा पायौ,शारीरिक रुपमा अशक्त भएकालाई सहयोग गर्न चाहाने साथीहरुबाट नै यो सम्भव भएको हो  हस्तान्तरण कार्यक्रममा बोल्दै फाउन्डेसनका उपाध्यक्ष पुनले भने । ूमरो चाहाना सङ्गित क्षेत्रमा लाग्नु छ, मलाई पनि अरु जस्तै हिड्ने चाहाना छूआँखाभरी आँसु लिदै थापाले भनिन् । पढ्ने चाहाना भएकी कमला विधालयले भर्ना नलिदा लामो समय पढ्नबाट टाढा रहन बाध्य भएकी थिईन।

२० वर्षको उमेरमा विधालय छिरेकी उनी कक्षा ७ मा भर्ना भएकी थिइन । उनी अहिले भानुभक्त्त क्याम्पसको कक्षा १२ मा अध्ययनरत छिन । ूदैनिक पढन जान सक्दिन घरमै बसेर पढ्छु,परिक्षाको समयमा बुबा र साथिहरुले सहयोग गर्छनूउनले सुनाईन।

त्यस्तै सामाजिक संजाल फेसबुकमा चिनजान भई सहयोग जुटाउन सहयोग गरेकी पोखराकी पुनले आफुलाई अशक्त भएको थाहा पाए पछि सहयोगको लागी जुटेको बताइन । बहिनी साहसी छिन आफ्नो व्यथा सबै राखिन, आगामि दिनमा पनि सहयोग गर्छौू उनले भनिन ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु