कल्याण स्मृति दिवसमा कलाकार भैरवबहादुर थापालाई सम्मान

सागर राज तिमिल्सिना
पोखरा, २४ माघ/लोकस्रष्टा कल्याण शेरचनको स्मृतिमा वरिष्ठ नृत्य निर्देशक भैरबबहादुर थापालाई सम्मान गरेको छ । नेपाली लोकसँस्कृतिको क्षेत्रमा उल्लेखनिय योगदान दिएको भन्दै राष्ट्रिय कलाकार, वरिष्ठ नृत्य निर्देशक भैरबबहादुर थापालाई कल्याण शेरचन स्मृति सम्मान पुरस्कार २०७० बाट शेरचनको तेस्रो पुण्य तिथिको अवसरमा पोखरा सम्मान गरेको हो । थापालाई नगद २५ हजार रुपैया, दोसल्ला र ताम्रपत्रले वरिष्ठ सँस्कृतिकमी चेतन कार्कीले सम्मान गरे ।

छ दशकदेखि निरन्तर कला क्षेत्रमा उल्लेखनिय योगदान पुराएको, नेपाककै जेष्ठ नृत्य निर्देशकको रुपमा रहेको, थापाले कलाकारलाई विदेश लैजाने सुरुवात गरेको कारणले पनि उनलाई सम्मान गर्ने निर्णय गरेको कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष पुर्ण ह्योल्मोले बताए । नृत्य क्षेत्र विकाशका लागि विशेष योगदान दिएका आफ्नै घर नै धितो राखेर नेपाली साँस्कृतिक टोलीको विदेश भ्रमण गराएका, नेपाल चलचित्र मनको बाँधको निर्देशक समेत रहेका ८० वर्षिय थापाको योगदानको राज्य तथा कुनै संघसंस्थबाट समेत खासै मुल्यांकन नभइरहेको भन्दै प्रतिष्ठानले उनलाई नै सम्मान गरेको उनले बताए ।

कल्याण स्मृति दिवसमा कलाकार भैरवबहादुर थापालाई सम्मान
कल्याण स्मृति दिवसमा कलाकार भैरवबहादुर थापालाई सम्मान

सम्मान कार्यक्रममा कलाकारहरुले पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलको मौलिक लोक साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । कार्यक्रम अन्र्तगत टप्पा तथा मगर झ्याउरे नृत्य प्रस्तुतिका लागि सुर्खेतबाट कलाकारहरु पोखरा आउने, थारु नृत्यका लागि नवलपरासीका कलाकारहरु र कौरा नृत्यको प्रस्तुति स्याङ्जा चित्रे भञ्ज्याङबाट कलकारहरुले प्रस्तुत गरेका थिए ।

बन्दना नृत्य, पुख्र्यौली नृत्य, थाल नाच, सारंगीको धन, गुरुङ चलचित्रका नृत्य, एकल नृत्य पोखरेली कलाकारहरुबाटै प्रस्तुती गरे । कार्यक्रम सम्पन्न गर्नका लागि करिब ५ लाख ८५ हजार एक रुपैया खर्च र ७ लाख ७० हजार आम्दानी हुने अनुमान आयोजकको रहेको थियो ।

कमेन्टहरु
Loading...