विविध कार्यक्रममा साथ कालिका वहुमुखी क्याम्पसको वार्षिकोत्सव

पोखरा १२ पुष । पोखरा उपमहानगरपालिका वडा नं. १८ काजिपोखरी श्थित कालिका वहुमुखी क्याम्पसको २२ औ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह विहिवार विविध कार्यक्रमका साथ सम्पन्न भयो । क्याम्पस प्रांगणमा आयोजित सो समारोहमा उत्कृष्ठ विद्यार्थिहरुलाई पुरस्कार वितरण गर्दै क्याम्पसका अध्यक्ष एवं पूर्व सभाषद सुर्यवहादुर केसीले मुलुकको सर्वागिण विकासको लागि राज्यले शिक्षामा जोड दिनुपर्ने आवश्यकता औल्याए ।कार्यक्रममा क्याम्पस प्रमुख वलवीर शिंह नेगीले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै स्नाकोत्तरका कक्षा सञ्चालन आफ्नो भावि योगना रहेको जानकारी दिइ । सेती पूर्व सर्वप्रथम स्थापना भएको क्याम्पस अहिले यस क्षेत्रको अग्रणी शिक्षण संस्था हुन पुगेकोमा खुशी ब्यक्त गर्दै नेगीले यसको विकासको लागि सवैको सहयोग हुनुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा क्याम्पसका उपाध्यक्ष सन्त वहादुर गुरुङ, शिक्षा सेवी डा. चन्द्र गूरुङ, प्रा डा कृष्ण केसी, सञ्चालक समिति सदस्य बोधराज कार्की, जेवी कुवर मेजर बृष शींह गुरुङ, शुक्रराज वलभद्रका प्राचार्य नारायण प्रसाद भण्डारी, प्राध्यापक संघका सचिव प्रेम वराल, विद्यार्थि कल्याण समितिका अध्यक्ष नेत्र थापा, प्रा.डा. रविलाल अधिकारी , सहायक क्याम्पस प्रमुख वालकृष्ण शर्मा लगायतका वक्ताहरुले क्याम्पसको संरक्षण र सम्वद्र्धनमा चर्चा गरेका थिए ।

सो अवसरमा केदार मनवुजा प्रतिष्ठानका संस्थापक डा. चन्द्र वहादुर गुरुङले प्रतिष्ठानको अक्षयकोषको करकमा एक लाख थप गरी दुई लाख पु¥याउने घोषणा गर्दै थप एक जना गणीत विषयका उत्कृष्ठ विद्यार्थिलाई छात्रवृत्ति प्रदान गर्ने जानकारी दिए । यस अघि सो प्रतिष्ठानले विभिन्न संकायमा उत्कृष्ठ विद्यार्थिहरुलाई वर्षेनी छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

यसैगरी मोहन स्मृति प्रतिष्ठानका संस्थापक जेवी कुवरले प्रतिष्ठानको अक्षयकोषमा पच्चिस हजार थप गरी अक्षय कोषको रकम पचास हजा।र पु¥याउने घोषणा गरे । उनले यस अघी वार्षिक तीन उत्कृष्ण विद्यार्थिलाई छात्र वेत्ति प्रदान गर्दै आएकोमा यस वर्ष देख चार जनालाई छात्रवृत्ति प्रदान गरीन् जानकारी दिए ।

वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद तथा निवन्ध प्रतियोगितामा उत्कृष्ठ विद्यार्थिहरुलाई विद्यालय ब्यवस्थपन समितिका अध्यक्ष सुर्यवहादुर केसी र क्याम्पस प्रमुख नेगीले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा विद्यार्थिहरुद्धारा सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

कमेन्टहरु
Loading...