तीन वित्तीय संस्था गाभिएर कैलाश विकास बैंक

पोखरा, १७ जेठ/तीन वित्तीय संस्था कैलाश विकास वैंक, मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाईनान्स लिमिटेड गाभिएर कैलाश विकास बैंक लिमिटेडको रुपमा एकीकृत कारोवार सुरु गरेका छन् । तीन वित्तीय संस्था गाभिएपछि बैंकको पूंजी एक अर्व ५८ करोड, जगेडा कोष ७६ करोड ५ लाख, निक्षेप १४ अर्व ३३ करोड, कर्जा लगानी १३ अर्व २१ करोेड पुगेको छ भने शाखा संख्या ३८ रहेका छन् ।

एकिकृत कारोबारको नेपाल राष्ट्रबैंकका गभर्नर डा .चिरञ्जीवी नेपालले उद्घाटन गरे । उनले कैलाश विकास वैंक लिको नवनिर्मित भवनको समेत उद्घाटन गरे । उनले बैंक तथा वित्तीय संस्थाको पहुंचमा पुगी उद्यमशीलता गरेर मालिक वन्न सवै नेपालीसंग आग्रह गरे ।

उनले अहिले पनि देशका ६० प्रतिशत जनता बैकको पहुंचमा पुग्न नसकेका र उनीहरुले घरमै पैसा राख्ने गरेको जानकारी बताए । उनले सबैजसोले देश विग्रियो, खतम भयो अव यहां केही अवसर छैन भनेर नकारात्मक सोच मात्रै राख्ने र आफना छोराछोरीलाई खाडी मुलुक र मलेशियामा नोकर बन्न पठाउने गरेको वताए ।

बैंक तथा वित्तीय संस्थामा आपूmले कमाएको पैसा जम्मा गर्ने, उद्योग धन्दा गर्न ऋृण लिने अवसर हुंदाहुंदै नवुझीकन सवै नेपाली अवसरवाट वन्चित भएको धारणा राख्दै गभर्नर डा .नेपालले नेपाल राष्ट् वैंकले अहिले वित्तीय साक्षरताको पहुंच हरेक नेपालीमा पुर्याउन कार्यक्रम गर्न लागेको जानकारी गराए ।

????????????????????????????????????
????????????????????????????????????
कमेन्टहरु
Loading...