सुरक्षामा कमजोरी कैदी फरार, छानविन समिति गठन

सागरराज तिमिल्सिना
पोखरा, ११ साउन/कारागार भित्रको सरक्षा लापरवाहीको फाइदा उठाउदै कास्की कारागारबाट आज विहानै एक कैदी भाग्न सफल भएका छन् । जबरजस्ती करणी गरेको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका पोखरा भद्रकालीका हेमबहादुर तामाङ कारागारबाट भागेका हुन ।
IMG_4366फोहोर फाग्ने बाहनामा बाहिर आएका २५ बर्षीय तामाङ कारागार बाहिरको पर्खाल नाघेपछि मात्रै सुरक्षाकर्मीले थाहा पाएका थिए । उनी भागे लगत्तै खोजी कार्य तिव्र पारे पनि फेला नपरेको कास्की प्रहरीले जनाएको छ । ०६६ सालमा जबरजस्ती करणीको अभियोग लागेका तामाङ चार महिना अघि पक्राउ परी पुर्पक्षका लागि जेल चलान भएका थिए ।
यसैबीच कैदी भागेको प्रकरणको अनुसन्धान गर्न कास्कीका प्रमुख जिल्ला अधिकारीले यादव कोइरालाले छानविन समिति गठन गरेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सन्तोष खड्काको नेतृत्वमा ३ सदस्यीय छानविन समिति गठन भएको छ । सुरक्षामा कमजोरी गर्ने दोषीलाई तत्काल निलम्बन गरेर कारवाही अघि बढाइने कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक केदार रिजालले बताएका छन् ।

कमेन्टहरु
Loading...