काठमाडौमा १८ महिनामा केबलकार, पोखरामा कहीले

काठमाडौ, २२ असोज / काठमाण्डौंमा डेढ वर्षभित्र नयाँ केवलकार सञ्चालनमा आउने भएको छ । वित्तीय क्षेत्रमा स्थापित इन्टरनेसनल मनी एक्सप्रेस (आईएमई) समूहले १८ महिनामा सञ्चालन गर्नेगरी थानकोट चम्पादेवी केवलकारको काम अगाडी बढाएको छ । समूहले करिब १ अर्ब लगानीमा थानकोट गाविसको महादेवस्थानबाट २ हजार ५ सय मिटर अग्लो चन्द्रगिरि पहाडसम्म साढे २ किलोमिटर लामो केवलकार बनाउने तयारी गरिरहेको समूहका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए ।

ढकालका अनुसार महादेवस्थान नजिकै फनर्पाक पनि बनाईने योजना छ । अवको १८ महिनामा पुर्ण रुपमा केवलकार सञ्चालन गर्ने तयारीका साथ काम गरिरहेका छौं,’ ढकालले भने । समुन्द्री सतहबाट करिब १ हजार ५ सय मिटर उचाईमा रहेको पार्कदेखि केवलकारको अन्तिम विन्दु रहने पहाडको उडाई
एकहजार मिटर अग्लो रहनेछ ।

काठमाण्डौं फनर्पाक प्रालिले यो केवलकार सञ्चालन गने तयारी गरेको हो । यता पोखराको लेकसाइडबाट विश्व शान्ति स्तुप सम्म जाने गरि केबलकार सन्चालन गर्ने भनिए पनि अहिले सम्म काम हुन सकेको छैन । पोखरामा निमार्ण हुने केबल कारका लागि तिन वटा कम्पनीले प्रस्ताव राखेका छन् ।

कमेन्टहरु
Loading...