जुवा खालबाट १५ जना पक्राउ, चार लाख ५० हजार बरामद

नवलपरासी, ५ कात्तिक / नवलपरासी प्रहरीले जवाखालबाट चार लाख ५० हजार नगद सहित १५ जना पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटले जुवाखालबाट १५ जनालाई पक्राउ गरेको हो ।

गैंडाकोट नगरपालिका १ ब्रिटिस क्याम्प नजिकै रहेको खरको टहराभित्र लुकेर कौडा खेलिरहेकाहरुलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लमजुङ बेंसीशहर २ का विपिन गुरुङ, गैंडाकोट १ का रमेश श्रेष्ठ, चितवनको भरतपुर महानगरपालिका ५ का विमल श्रेष्ठ, भरतपुर २ का खुमप्रसाद श्रेष्ठ, भरतपुर ३ का अनिल शाह, भरतपुर ४ का श्याम लामा, भरतपुर २ का प्रदीप लामा, भरतपुर ११ का निर्मल श्रेष्ठ, भरतपुर १९ का कृष्णहरि शर्मा, चितवनको रत्ननगर नगरपालिका १४ का विशाल बस्नेत, कुमार गुरुङ र बाबुराम अर्याल रहेका छन् ।

कमेन्टहरु
Loading...