जङ्गल सफारी लजले पर्यटकलाई लक्षित गर्दै प्याकेज सार्वजनीक

पोखरा, ३० भदौ /चितवनको सौराहामा रहेको जङ्गल सफारी लजले आन्तरिक पर्यटकलाई लक्षित गरी “दसैं तिहार २ रात अफर” योजना ल्याएको छ । असोज १ देखि कार्तिक ३० सम्म लागु हुने यस योजना अन्तर्गत दुई पर्यटकले दुई रात तीन दिनको प्याकेज २५ हजार रुपैयाँमा सौराहा घुम्न पाउनेछन् ।

यस प्याकेजमा सहभागी हुनेले लन्च, डीनर र ब्रेकफास्ट सहित सम्पुर्ण सफारी गर्न पाउने जङगल सफारी लजका प्रबन्ध निर्देशक सुमन घिमिरेले जानकारी दिए । उनका अनुसार पर्यटकहरुले सौराहामा हात्ती सफारी, डुङ्गा सयर, हाती प्रजनन केन्द्र, थारु नाच, सूर्यास्त र थारु गाउँ अवलोकन गर्न पाउनेछन् ।

यस योजनामा सहभागी हुने पर्यटकलाई दुई तर्फी हवाई टिकट काठमाडौ भरतपुर काठमाडौ सेवा समेत दिइने बताउँदै घिमिरेले भने “हामीले अहिलेको सडकको अवस्थालाई मध्यनजर गरेर हवाई मार्ग मार्फत पर्यटक आकर्षण गर्न , विशेषत आन्तरिक पर्यटकलाई लक्षित गरी यो योजना ल्याएका हौ ।” सहुलियत मुल्यमा पूर्ण वातारणअनुकुलित कोठा, रेष्टुरेण्ट र वाइफाई सुविधा हुनुका साथै पर्यटकले सौराहाको सबै गतिविधिमा सहभागी हुन सक्ने पनि उनको भनाई छ ।

यो योजना अनुसार पर्यटकलाई एयरपोर्ट बाट पिक अप, ड्रपको व्यवस्था निःशुल्क रुपमा गरिएको छ । मुगलिंग नारायणघाट सडक खण्डको दयनिय अवस्थाका कारण दसैं जस्तो चाडपर्वको बेलामा सौराहालाई लोकप्रिय पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नको लागि यो प्याकेज योजना ल्याएको उनले जानकारी दिए ।

कमेन्टहरु
Loading...