जीप दुर्घटना हुँदा डिआइजी र पत्रकार सहित ३ को मृत्यु

काभ्रेपलाञ्चोक, १० कात्तिक / काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ ढकालथोकमा शनिबार दिउँसो जीप दुर्घटना हुँदा नेपाल प्रहरीका डिआइजी सहित तीन जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीका डिआइजी शुशिल भण्डारी, पत्रकार जीवन पराजुली र विनोद कार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुशील भण्डारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

हेलम्बु राजमार्ग अन्तर्गत ढकाल थोकमा बा ३ च २८७ नम्बरको ल्याण्डक्रुजर जीप सडकबाट पाँचसय मिटर तल खस्दा धुलिखेलस्थित रेडियो गौरवका स्टेशन मेनेजर मण्डन देउपुर नगरपालिका –४ का २५ वर्षीय जीवन पराजुली र नमोबुद्ध नगरपालिका –१० का ४४ वर्षीय विनोद कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए ।

कमेन्टहरु
Loading...